Shere Parsa
समाज

छठ पर्बको उपलक्ष्यमा घडीअर्वामा ४४ जनाद्धारा रगत दान

मधेसखबर
वीरगन्ज,११ कार्तिक : छठ पर्बको उपलक्ष्यमा घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ४४ जनाले रगत दान गरेका छन् ।

रगत दान गर्नेहरुमा लखनलाल गुप्ता , मनोहर साह , जितेन्द्र सिंह , अनिल कुमार गुप्ता , सन्तोष कुमार साह , मनिराज गुप्ता ,मुकेश साह , लालबाबु कुमार साह , मनिष कुमार गुप्ता , विश्वेसर प्रसाद महत्तो , फिरोज बादशाह, चन्द्रिका प्रसाद पटेल , किशोरी साह कानु , सुनिल दास , राहुल कुमार कानु लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेनद्र झाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यता एंव घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष लखनलाल गुप्ताको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हिरा साह कानु , वडा नम्बर १० का वडा अध्यक्ष सुशिल साह कानु , घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका उपाध्यक्ष दिलिप साह कानु , सहसचिव मुन्ना साह , कोषाध्यक्ष तिलक साह , सदस्य सोनालाल साह , दिपक साह, सुरक्षा उपसमितिका संयोजक अजग गुप्ता, सरसफाइ उपसमितिका संयाृजक शम्भु साह कानु , आनन्द साह, प्रणय साह लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जको ड्राइपोर्टमा ट्रकको ठक्करबाट थप एक जनाको मृत्यु्

वीरगन्जलाई हरित सहर बनाउन मेयर सिंहले सुरु गरे बृक्षारोपण अभियान

कालिकामाइका विधालय र सामुदायिक भवन परिसरमा वृक्षारोपण

Leave a Comment