Shere Parsa
समाज हेडलाइन

वीरगन्जलाई हरित सहर बनाउन मेयर सिंहले सुरु गरे बृक्षारोपण अभियान

मधेसखबर
वीरगन्ज,१३ असाेज :वीरगन्ज महानगरपालिकालाई हरित सहर बनाउन महानगरले नगरभरी नै बृक्षारोपण अभियान सुरु गरेको छ ।

साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंहको प्रमुख आतिथ्यतामा नेपालकै मुख्य प्रवेशद्वार शंकराचार्य गेटबाट बृक्षारोपण गरेर अभियानको सुरु गरिएको हो ।

अभियानको सुरुवात गर्दै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरलाई हरित सहर बनाउन सडकका दायाँबायाँका साथै सार्वजनिक खाली स्थानमा बृक्षारोपण गरिने बताए ।

वृक्षारोपणले वातावरण प्रदुषण नियन्त्रणमा सहयोग गर्नुका साथै नगर पनि सुन्दर र हरियाली देखिने हुँदा पूरै महानगरभर बृक्षारोपण थालिएको उनले बताए ।

नगर हरियाली बनाउन म्यागो स्टिक, गुल्मोर, कटहर, निम, अशोक लगायतका बिरुवा रोपिने महानगरले जनाएको छ ।

बृक्षारोपणका लागि महानगरले चालु आर्थिक वर्ष २०७९/०८० मा १ करोड रकम बिनियोजन गरेको छ ।

यस वर्षको बजेटले ५ हजार बिरुवा रोप्न सकिने र वन तथा वातावरण मन्त्री प्रदीप यादबले पनि वीरगञ्जमा बृक्षारोपण गर्न थप बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले महानगरका ३२ वटै वडामा बृक्षारोपण गरिने महानगरले जनाएको छ ।

महानगरले हरेक वडामा बृक्षारोपणका लागि वडालाई नै बिरुवा जिम्मा लगाएको छ । वडाले आवश्यक स्थान तय गरेर बिरुवा रोप्ने छ ।

रोपिएको बिरुवा हुर्काउनका लागि हेरचाह गर्ने जनशक्ति पनि महानगरले खटाएको छ ।

बिहीबार बृक्षारोपणको अभियान शुरुलगरेसँगै महानगरले मुख्य प्रवेशद्वार शंकराचार्य गेटामा पनि सफाई गरेको छ ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडाध्यक्षहरु सञ्जु छत्कुली, महबुब इलाही अन्सारी, मनोज यादव, रामकिशोर सिंह पराग लगायत जनप्रतिनिधि एवं कर्मचारीहरुको उपस्थिति थियो ।

Related posts

सरकारकाे लापरबाहीले पर्साका किसानहरु धान सस्ताे भाउमा बिचाैलियालाई बेच्न बाध्य

शेरे पर्सा

अजय द्विवेदीले पाए चुनाव चिन्ह माछा

वीरगन्ज भन्सार कार्यालय ४ दिन बन्द हुदाँ नेपाली आयातकर्तालाई समस्या

Leave a Comment