मधेसखबर
वीरगन्ज,२८ असोज : वीरगन्जको ड्राइपोर्टमा शुक्रबार ट्रकको ठक्करबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाका ३० बर्षिय सन्तोष कुशवाहा रहेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नंबर २५ स्थित ड्राईपोर्ट गेट अगाडी शुक्रबार दिउँसो साढे २ बजे प्रदेश २–०३–०२० प ८७९९ नम्वरको पल्सर मोटरसाईकललाई ना.५ ख २२६१ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल.चालक कुशवाहा गम्भीर घाईते भएका थिए । उपचारका लागि नारायणी अस्पतालमा पुरयाए लगत्तै कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका वीरगन्ज २४ रामगढवाका ४० बर्षिय ओमबाबु कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि शुक्रबार बिहान पनि वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा पैदलयात्री पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ वनकटवा घर भएका ६० वर्षीय विगा रामको मृत्यु भएको थियो ।
बिहान १० बजे तिर वीरगन्जको ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको पैदल सडक पार गर्दै गरेका रामलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।