Shere Parsa
समाज

कालिकामाइका विधालय र सामुदायिक भवन परिसरमा वृक्षारोपण

मधेसखबर

वीरगन्ज,१९ साउन : पर्साको कालिकामाई गाउपालिका वडा नम्बर २ भेडिहारीमा रहेको सामुदायिक विधालय र सामुदायिक भवन परिसरमा बृक्षारोपण गरिएको छ ।

वडा नम्बर २ काे आयोजनमा भएको बृक्षारोपण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेकपा एमालेका पर्साका अध्यक्ष एवं संविधानसभा सदस्य जयप्रकाश थारूले बिरुवा रोपेर गरेका थिए।

सुकइ  साह मावि,रामजानकि प्रावि र प्रास्तावित कन्या माविको जग्गा तथा नवनिर्मित सामुदायिक भवन परिसरमा विभिन्न ७ प्रजातीका बिरुवा रोपिएको हो ।

वडा अध्यक्ष सोनालाल चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा  वडा वासीलाई बिरुवा वितरण समेत गरिएको थियो । वातावरणीय प्रतिकुलतामा सुधारको प्रयासका लागि वडामा यस वर्ष २ हजार बिरुवा रोपेर हुर्काउने लक्ष्य रहेको वडा अध्यक्ष चौरसियाले बताए ।

कार्यक्रममा नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीका अध्यक्ष अनुप तिवारी ,सचिव बिजय साह गोण,वडा नम्बर १ का अध्यक्ष मोतिलाल कुर्मी , नेकपा एमाले वडा नम्बर २ का अध्यक्ष मनमोहन चौरसिया,वडा नम्बर ४का अध्यक्ष जितेन्द्र साह कलवार,जिराभवानी गाउपालिका वडा नम्बर १ र २ का वडा अध्यक्ष,स्थानिय विधार्थी,शिक्षक तथा नागरिक अगुवाहरूको सहभागिता रहेको थियो ।

Related posts

पर्सामा विधुत चोरी गरि प्रयोग गर्ने १२ जना पक्राउ

शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान

प्रहरी दिवसका अवसरमा पर्साका धार्मिकस्थलमा सरसफाइ

Leave a Comment