मधेसखबर
वीरगन्ज,११ कार्तिक : पर्सा क्षेत्र नम्बर १ को (ख) मा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले सरकारी शिक्षण संस्था र स्वास्थ्य संस्थाको सुधार र स्तरोन्नत्ती नै आफनो प्रमुख चुनावी एजेन्डा रहेको बताएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा शुक्रबार बिहान आयोजित मतदाताहरुसंगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै कुर्मीले सरकारी विधालय र स्वास्थ्य संस्थाको सुधार र स्तरोन्नत्ती मुख्य चुनावी एजेन्डा रहेको बताएका हुन् ।
यसअघि पर्सा १ (ख) प्रदेशसभा क्षेत्रकै प्रदेशसभा सदस्य लालबाबु राउत मुख्यमन्त्री बनेपनि यो क्षेत्र र यहाका जनताको लागि केहि पनि नगरेकोले यहाका जनता निराश भएको भन्दै उनले तर आफुले जनतालाई निराश नबनाउने वाचा पनि गरे । मुख्यमन्त्रीकै क्षेत्रमा एउटा पनि नमूना सरकारी विधालय र नमूना स्वास्थ्य संस्था नभएको उनले बताए । मुख्यमन्त्री राउत क्षेत्र र जनताको विकास भन्दा पनि कशीशन र भ्रष्टचारमा मात्रै लिप्त भएकाले यस क्षेत्रका जनताले दुख पाएको आरोप पनि उनले लगाए ।
वीरगन्ज महानगरपालिका वडा नंबर १६ का नेपाली कांग्रेसका बुथ सभापति बाबुनन्द प्रसाद चौरसियाको अध्यक्षता एंवा पुर्व सांसद अनिल रुङ्गटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुथउपसभापति साबित्री देवी भुमिहार, सचिव सुरेन्द्र प्रसाद यादव, सचिव विजेन्द्र प्रसाद चौरसिया,सह सचिव घनश्याम प्रसाद पटेल,सह सचिव शिव प्रसाद कोइरी, क्षेत्र नंबर १(ख) का प्रदेश सभापति अनिल प्रसाद सिंह,उप सभापति नागेश्वर प्रसाद साह,हरिन्द्र यादव,श्याम पटेल,कन्चन झा लगायतको पनि सहभागीता थियो ।