Shere Parsa
राजनीति

काँग्रेसका अजय चौरसिया र श्याम पटेललाई जिताउन पर्सागढीमा चुनावी समितिहरु गठन

मधेसखबर
वीरगन्ज,०४ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारहरुलाइ विजयी बनाउने अभियान अन्तर्गत पर्सागढी नगरपालिकामा चुनावी प्रचार सम्बद्ध विभिन्न समितिहरु गठन गरिएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनबाट पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसचा सदस्यका लागि काँग्रेसका अजय चौरसिया र पर्सा २ को (क) मा प्रदेशसभा सदस्यमा काँग्रेसकै श्याम पटेल उम्मेदवार छन् ।

दुवै उम्मेदवारलाई विजयी बनाउने अभियान अन्तर्गत पर्सागढी नगरपालिकामा सम्पन्न पालिकास्तरीय पाँच दलका अगुवा नेता कार्यकर्ताहरुको बैठकले विभिन्न समितिहरु गठन गरेको हो । बैठकले विश्व मोहन दास थारुको संयोजकत्वमा पालिकास्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस्तै बैठकले धर्मदेव पन्जियारको संयोजकत्वमा पालिकास्तरीय निर्वाचन मूल प्रचार प्रसार समिति , वडा नम्बर ३ मा बलिराम शुक्लाको संयोजकत्वमा वडास्तरीय निर्वाचन प्रचार प्रसार समिति र वडा नम्बर ४ मा जंग बहादुर दास थारुको संयोजकत्वमा वडास्तरीय निर्वाचन प्रचार समिति पनि गठन गरेको छ ।

ती सबै समितिमा गठबन्धनमा आबद्ध सबै दलका नेताहरु सहसंयोजक र सदस्य रहेका छन् । बैठकमा पर्सागढी नगरपालिकाका पूर्ब मेयर लोकनारायण यादव , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, नेकपा माओवादी केन्द्रका नेता अमिताभ बच्चन दास र बालकृष्ण श्रेष्ठ , नेकपा एकिकृत समाजवादीका नेता रामेश्वर मण्डल र बृजलाल पासवान लगायतको सहभागीता थियो ।

Related posts

विकास र समृद्धिको पक्षमा मतदान गर्न डा. मधु गुप्ताको आग्रह

मधेस विरोधी एमाले र जसपालाई बहिष्कार गर्न श्रेष्ठको आह्वान

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

Leave a Comment