Shere Parsa
राजनीति

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

मधेसखबर
वीरगन्ज,०४ कार्तिक : पर्साको क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले शुक्रबार कालिकामाइको वडा नम्बर ३ हरिहरपुरमा चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले शुक्रबार बिहान हरिहरपुरमा लोकतान्त्रिक बामगठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताहरुसंगै मतदाताको घरदैलोमा पुगेर गठबन्धनका उम्मेदवारलाई मत सिदन आग्रह गरे ।

संविधान र लोकतन्त्रको रक्षा गर्दै आएको बामलोकतान्त्रिक गठबन्धन र त्यसको नेतृत्वकर्ता दल काँग्रेस आज पनि मुलुकको आवश्यकता भएकाले आसन्न निर्वाचनमा गठबन्धनलाई नै जिताउन उनले मतदातासंग आग्रह गरे ।

घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराका साथै काँग्रेसका महाधिवेशन प्रतिनिधी बशिष्ठ नारायण कुर्मी , पार्टी प्रवक्ता रमेश पाण्डे , क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, युवा नेता राकेश यादव लगायतको पनि सहभागीता थियो ।

Related posts

पर्सामा प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउने काँग्रेसको निर्णय

झुठा प्रलोभन दिनेहरुसंग सतर्क रहन प्रदीप यादवको आग्रह

बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

Leave a Comment