Shere Parsa
राजनीति हेडलाइन

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

मधेसखबर
वीरगन्ज, ०४ कार्तिक : पर्साको क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेललाई त्यस क्षेत्रका मतदाताले घरघरमा स्वागत गर्दै जितको आशीर्वाद दिएका छन् ।

चुनावी घरदैलो कार्यक्रमका क्रममा मत माग्न पुग्ने क्रममा काँग्रेसका दुवै उम्मेदवारलाई त्यहाका मतदाताले अबीर टिका लगाएर स्वागत गर्दै जितको आशीर्वाद दिएका हुन् । शुक्रबार पनि पर्सागढी नगरपालिका वडा नम्बर २ को औरहीया , छतिवनटाँडी ,पिपरवल र घोडपसरा गाँउमा पुगेका चौरसिया र पटेललाई मतदाताहरुले फूल र अबीरको टिका लगाएर स्वागत गर्दै जितको शुभकामना दिए ।

क्षेत्रको विकास र समृद्धिका साथै जनताको सुखदुखमा सधै साथमा रहदै आएका कारण काँग्रेसका दुवै उम्मेदवारलाई यसपटक अवसर दिने मतदाताहरुको भनाई थियो । जवाफमा दुवै उम्मेदवारले जनताले दर्शाएको आत्मीयता र समर्थनले आफुहरु झन् उत्साहित बनेको भन्दै जनताको विश्वास र भरोसालाई टुट्ने नदिने वाचा गरे ।

 

प्रतनिधीसभा सदस्यका उम्मेदवार चौरसीयाले हिजाका दिनमा आफु सांसद र मन्त्री पदमा रहदा क्षेत्रमा ठाँउ ठाँउमा पक्की पुल , ग्राभेल र कालोपत्रे सडक बनाएको स्मरण गराउदै अब अवसर पाएमा त्यो भन्दा पनि लोकप्रिय कामहरु गर्ने योजना रहेको सुनाए ।

 

शुक्रबारको घरदैलो कार्यक्रममा दुवै उम्मेदवारसंगै त्यस क्षेत्रका काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु, ३ घाइते

Leave a Comment