Shere Parsa
राजनीति

सत्ता गठबन्धनको बैठक स्थगित , जसपा र एमाले बिच आजै राति सहमति हुने सम्भावना

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,२० असाेज :सत्ता गठबन्धनको बैठकबाट जसपा अध्यक्ष उपेन्द्र यादव बाहिरिएपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जसपाको निर्णयअनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो।

बिहीबारको बैठकमा जसपा अध्यक्ष यादवले दोस्रो तहका नेताहरू बालुवाटार पठाएर आफू भने एमालेको बैठकमा सहभागी भएका थिए।

स्रोतका अनुसार एमाले र जसपाबीच आजै राति अबेरसम्म औपचारिक सहमति हुँदैछ। आफ्नो पार्टीलाई १६ सिट कम भएको भन्दै असन्तुष्टि जनाएका यादवलाई एमालेले २५ सिट दिन तयार भएको छ।

बुधबार सेतोपाटीसँग कुराकानी गर्दै यादवले गठबन्धनमा तानातान भएकाले तालमेलका लागि अरू पार्टीसँग खुला रहेको बताएका थिए।

गठबन्धनले जसपा सहभागी भएमा जसपासहित, उसले एमालेसँग सहमति गरेमा चार दलको मात्र बैठक गर्ने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार बिहान ८ बजे गठबन्धनको बैठक बस्ने बताए।साभार: सेताेपाटी

Related posts

एमालेले भीम रावल र घनश्याम भुसाललाई दिएन टिकट

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्

Leave a Comment