Shere Parsa
राजनीति हेडलाइन

पर्सा १ मा प्रदीप यादवको लहर : काँग्रेस र नेकपा एसका नेताहरु जसपा प्रवेश

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रतिको आकर्षण बढ्दै गएको छ ।पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले ५ बर्षको कार्याकालमा क्षेत्र र जनताका लागि गरेका कामबाट प्रभावित भएर अहिले यस क्षेत्रमा अन्य दलका नेता कार्यकर्ताहरु धमाधम पार्टी छाड्दै जसपामा प्रवेश गर्न थालेका छन् ।

शुक्रबार पनि वीरगन्जमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका प्रभावशाली नेताहरु आफना कार्यकर्ता सहित जसपामा प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वडा अध्यक्षका प्रत्यासी रहेका राम बालक प्रसाद कुर्मी र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडा नम्बर १८ को वडा सदस्यमा निर्वाचित वीरेन्द्र प्रसाद कुर्मी शुक्रबार जसपामा प्रवेश गरेका हुन् ।

दुवै नेतालाई जसपाका केन्द्रिय राजनीतिक समिति सदस्य समेत रहेका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले अबीर टिका लगाइ पार्टीमा स्वागत गरेका हुन् । त्यसक्रममा यादवले जसपामा प्रवेश गर्ने हरेक नेता कार्यकर्तालाई पार्टीले सहि मुल्यांकन गरेर उचित जिम्मेवारी सुम्पने बताए ।परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कुर्मीद्वयको प्रवेशले जसपालाई थप सशक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै यादवले खुशी व्यक्त गरे ।

 

जसपमा प्रवेश गरेका वडा नम्बर १४ का कुर्मीले संघीयता, विकास र समृद्धिको पक्षधर जसपाले नै मधेसको हित गर्ने भएकाले आफुले जसपा रोजेको बताए । यस्तै काँग्रेस त्यागेर जसपा प्रवेश गरेका वडा नम्बर १८ का नेता कुर्मीले पनि मधेसको पहरेदार जसपा नै भएको र जसपाकै कारण मधेसीले पहिचान र अधिकार पाएकाले जसपमा प्रवेश गरेको बताए ।

Related posts

निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा कुर्मी निर्वाचित

काँग्रेसका क्षेत्रीय सदस्य ठाकुर सहितका नेताहरु जसपामा प्रवेश

पर्सामा काँग्रेसका उम्मेदवारलाइ जिताउन सकृयताका साथ लाग्ने प्रेस युनियनको प्रतिबद्धता

Leave a Comment