Shere Parsa
राजनीति हेडलाइन

पर्सामा जसपा–एमाले गबठन्धनका उम्मेदवारहरु : यादव, कुर्मी , गुप्ता र मियाँ

मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी ( जसपा) र नेकपा एमाले बिच भएको गठबन्धनबाट पर्साका ४ वटै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवारको टुङगो लागेको छ ।

जस अनुसार जसपाले पर्साको क्षेत्र नम्बर १ मा पुन वन मन्त्री प्रदीप यादवलाई नै टिकट दिएको छ ।२०७४ को निर्वाचनमा उनी पर्सा १ बाटै संघीय सांसदमा निर्वाचित भएका थिए ।

त्यस्तै जसपाबाट पर्सा क्षेत्र नम्बर २ मा सुरेन्द्र प्रसाद कुर्मीले टिकट पाएका छन् । उनी हालै मात्र लोसपाबाट जसपामा प्रवेश गरेका थिए । तत्कालीन नेपाल सद्भावना पार्टीदेखि नै राजनीतिमा लागेका कुर्मीको राजनीति नै मधेसवादी रुझानबाट भएको हो ।

दुइ दल बिचको सहमति अनुसार जसपाले क्षेत्र नम्बर ३ र ४ मा एमालेलाई सघाउनेछ । एमालेबाट पर्सा ३ मा राजकुमार गुप्ता र पर्सा ४ मा जालिम मिया उम्मेदवार बन्दैछन् ।
गुप्ता २०७० मा निर्वाचित भएका थिए भने जालिम मिया गाउँपालिका अध्यक्ष रहेकै बेला माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

पर्साका ८ वटा प्रदेश सीटमध्ये जसपाले पर्साको १ (ख) , २ (क) , ३ (ख) र ४ (ख) पाएको छ भने एमालेले क्षेत्र नम्बर १ को (क), २ को (ख), ३ को (क ) र ४ को (क) पाएको छ । ती आठ वटै क्षेत्रमा पनि दुवै दलले उम्मेदवारको टुङगो लगाइसकेका छन् ।
श्रोतका अनुसार , जसपाबाट पर्साको १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत, २ (क) मा रामनरेश प्रसाद यादव , ३ (ख) डाक्टर मधु गुप्ता र ४ (ख) मा सिंहासन सा कलवार उम्मेदवार बन्दैछन् ।

एमालेबाट भने क्षेत्र नम्बर १ को (क) मा विचारी यादव, २ को (ख) मा हरेराम पटेल , ३ को (क ) मा मा अब्दुल रहिम अन्सारी र ४ को (क) मा जय प्रकाश थारु उम्मेदवार बन्ने एमाले श्रोतले जनाएको छ ।

Related posts

आज सूर्य ग्रहण लाग्दै, ग्रहण लाग्दा के के गर्न हुन्न ?

संघीयता खारेजी र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको प्रदर्शन

अमलेखन्जको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो , १५ को अवस्था चिन्ताजनक

Leave a Comment