Shere Parsa
स्थानिय हेडलाइन

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

मधेसखबर
वीरगन्ज ,२१ असाेज : पर्साको जिराभवानी गाउँपालिकामा भएकाे मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा ग्यारेज सन्चालन गरेका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरका ३८ बर्षीय उमेश यादव रहेका छन ।

बिहीबार राति ग्यारेजबाट काम सकाएर बीआर २२ के ३७८३ नम्बरको मोटरसाइकलमा सवार भई यादव घर जाने क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी गाउँ नजिकको कल्भर्टमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर कल्भर्ट मुनि खसेको र यादवकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।मृतक यादवको शव पोस्टमार्टमको लागि वीरगन्जकाे नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

पर्सामा ६ ट्रक मल किसानले कब्जा गरे

Leave a Comment