Shere Parsa
राजनीति

जनमत पार्टीले कुनै पनि दलसंग चुनावी तालमेल गर्दैन : अध्यक्ष सिके राउत

मधेसखबर
वीरगन्ज,२० असोज : जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् ।

आफ्नो सचिवालयको पेज मार्फत अध्यक्ष राउतले चुनावमा तालमेल वा गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।

उनले विरोधी पार्टीहरूले भ्रम फैलाएको भन्दै त्यस्तो भ्रमबाट सतर्क रहन नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन् ।

सिके राउतले आफनो सचिवालयको पेजमा लेखेका छन ्, ‘भ्रममा नपरौँ , कुनै गठबन्धन वा तालमेल छैन , सबै ठाउँमा हाम्रो उम्मेदवार हुनेछ, आइतबार प्रमाणित हुने नै छ ।’
उनले मधेसका सबै स्थानमा उम्मेदवारी दिने पनि दाबी गरेका छन् ।यसअघि जनमत पार्टीका नेताहरूले मधेसको मुद्दा बोकेका पार्टीहरूसँग चुनावी तालमेल गर्न सक्ने बताएका थिए ।

Related posts

जसपाको चुनावी घोषणापत्र : गरिबी र बेरोजगारी अन्त्य गरिने

विकास र समृद्धिका लागि काँग्रेसलाई भोट दिन काँग्रेस उम्मेदवार चौरसियाको आग्रह

पर्सा १ को (क) मा जन्नतको फराकिलो अग्रता , रहबर दोश्रो र विचारी तेश्रो स्थानमा

Leave a Comment