Shere Parsa
राजनीति हेडलाइन

गठबन्धन बैठक छाडेर उपेन्द्र यादव ओली निवास बालकोटमा

फाइल फोटो

मधेसखबर
वीरगन्ज , २० असोज : पाँच दलीय सत्तागठबन्धन टुट्ने प्रबल सम्भावना देखिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला गठबन्धनको एक मुख्य घटक जनता समाजवादी पार्टी (जसपा ) का अध्यक्ष उपेन्द्र यादव भने अचानक बैठकबाट निस्किएर केपी ओली निवास बालकोट पुगेको खबरहरु आइरहेका छन् ।

गठबन्धनका दलहरु बिच जारी बैठकमा मागे जति सिट नपाएपछि असन्तुष्ट बनेका जसपा अध्यक्ष यादव बिहीबार बैठक छाडेर ओली निवास बालकोटमा पुगेपछि गठबन्धन भत्कने प्रबल सम्भावना देखिएको हो ।

बालकोट श्रोतले पनि बिहीबार अपराह्न देखि एमाले र जसपाबीच चलेको वार्ता सहमति उन्मुख भएको जनाएको छ । जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने यसअघिनै भइसकेको अनौपचारिक सहमतिलाइ औपचारिकता दिन अहिले दुई पक्षबीच छलफल भइरहेको बालकोट श्रोतको भनाइछ ।

सत्तागठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिने निश्चित भएएपछि अध्यक्ष यादव बिहीबार अपरान्ह गठबन्धनको बैठक छाडेर एमालेसँग संवाद गर्न ओली निवास बालकोट पुगेका हुन् । बिहीबार राति सम्म एमाले र जसपा बिच सहमतिमा हस्ताक्षर हुने सम्भावना पनि रहेको बालकोट स्रोतको दाबी छ ।उद्यपि प्रम निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा भने जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र पार्टी प्रवक्ता मनिष सुमन भने सहभागी नै छन् ।

यता जसपाका एक नेताले पनि एमालेसँग जसपाको चुनावी तालमेल हुने लगभग निश्चित भएको छ ।ती नेताले भने, ‘एमाले र हाम्रोबीच चुनावी तालमेल हुने ९९ प्रतिशत निश्चित भइसकेको छ ,सत्ता गठबन्धनबाट बाहिरिने कुरा अध्यक्ष उपेन्द्र यादवले भनिसक्नु भएको छ ।

बालकोट श्रोतका अनुसार , जसपाले एमालेसँगको चुनावी तालमेलमा मधेस प्रदेशका आधा (१६ सिट) सहित २५ सीट प्रतिनिधिसभामा पाउने भएको छ । मधेसका ३२ मध्ये कम्तीमा १६ सीट जसपाले पाउने निश्चित भएको हो । त्यस्तै प्रदेश १ मा दुई वा तीन सीट, वागमती प्रदेशमा एक सीट काठमाडौंबाट र लुम्बिनी प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरेर तीन सीट जसपाले पाउनेछ ।

 

जसपाले मधेस प्रदेशमा पनि एमालेसँगको तालमेल गरेमा राम्रो संख्या पाउने भएपछि गठबन्धनबाट बाहिरिने मनस्थितिमा उपेन्द्र पुगेका हुन् । एमाले स्रोतले पनि जसपासँग चुनावी तालमेल हुने पुष्टि गरेको छ । चाँडै लिखित सहमति हुने एक नेताले बताए ।
जसपाका एक नेताले भने, हामीलाइ सत्ता गठबन्धनले १६ सीट दिने भन्यो,मुख्य आधार मधेसमा हाम्रो शक्तिको अवमूल्यन भयो , फेरि कांग्रेस र हाम्रो भोट वैंक पनि एउटै भएकाले एमालेसँग तालमेल गर्दा मत ट्रान्सफर हुने देखियो , हामीसँगको तालमेलले एमाले फेरि पनि चुनावपछि कांग्रेसभन्दा ठूलो पार्टी हुन्छ,हामी पनि मधेसको ठूलो पार्टी हुन्छौं,दुवैको स्वार्थ मिल्यो ।’

 

जसपासँग मिल्दा एमालेलाई पाँचथर, इलाम, धनकुटा, खोटाङ, ओखलढुंगालगायतका पहाडी जिल्लामा पनि केही मत थपिने भएकाले पनि एमाले सत्ता गठबन्धन फुटाएर जसपालाई आफूतिर तान्न अग्रसर भएको बताइन्छ । यसबीचमा शीर्ष तहमै छलफल भएर तालमेलको अनौपचारिक सहमति भइसकेको छ ।

जसपाले एमालेसँग मिल्दा मधेस प्रदेशमा पर्साका २ सिट , बाराका २ सिट , सप्तरीका २ सीट, धनुषाका २ सीट, सिरहाका २ सीट, महोत्तरीका २ वा ३ सीट, सर्लाहीका २ सीट र रौतहटका २ सीट पाउने भएको छ ।

त्यस्तै रुपन्देही एक सीट, कपिलवस्तु १ सीट, बाँके १ सीट, मोरङ १ सीट र सुनसरीमा १ वा २ सीट पनि जसपाले पाउने सम्भावना छ । साभार : नेपालप्रेस

Related posts

अमलेखन्जको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो , १५ को अवस्था चिन्ताजनक

१६ जिल्लामा मलको आपूर्ति ठप्प

वीरगन्जका किसानलाइ प्रयाप्त मल उपलब्ध गराइ दिन मेयर सिंहद्धारा आग्रह

Leave a Comment