Shere Parsa
राजनीति

पर्सा ३ (ख) मा डा. मधुको पक्षमा जनलहर–जसपा

मधेसखबर
वीरगन्ज,११ कार्तिक : जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ ख मा प्रदेश सभा सदस्यकी उम्मेदवार डा. मधु गुप्ता जनताको मनमा बस्न सफल भएको जसपाका नेता कार्यकर्ताले बताएका छन ।

चुनावी घरदैलोको क्रममा जनताको घर आँगनमा पुग्दा निर्वाचन अघि नै जनताले डा मधुलाई टिका लगाई जीत निश्चित भएको प्रतिक्रिया दिने गरेको उनीहरुले बताएका छन् ।

जसपा केन्द्रीय सदस्य सल्मा खातुनुका अनुसार युवा र नयाँ नेतृत्व भएका कारण मधुको पक्षमा मतदाताको भरोसा बढेर गएको छ ।

जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले पनि डा. गुप्तप्रति मतदाताको लहर बढ्दै गएको र मंसिर ४ मा हुने चुनावबाट त्यसको औपचारिक अनुमोदन हुने दाबी गरेका छन् ।

 

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा रहेका मतदाता भन्छन् : अब हामी रोड नालाको गफमा फस्दैनौँ

काँग्रेसका रामनारायण कुर्मी भन्छन् : इमान्दारीता नै मेरो एजेण्डा हो

एमालेको समानुपातिक सूचीमा पर्साबाट ३ जना मात्र : हजरा , देवकोटा र चर्तुवेदी

Leave a Comment