Shere Parsa
राजनीति हेडलाइन

चुनाव हारेका पर्साका नेताहरु एमालेमा प्रवेश

क्रान्ति शाह
वीरगन्ज, ०७ भदौं : गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनममा पराजित भएका पर्साका विभिन्न पालिकाका पुर्व अध्यक्ष र उपाध्यक्षहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पकाहा मैनपुर गाँउपालिकाका पुर्व अध्यक्ष विजय चौरसीया , विन्दवासीनी गाँउपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह मोदी र उपाध्यक्ष किरण देवी गुप्ता लगायतकाहरु एमालेमा प्रवेश गरेका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा चौरसीया , तत्कालीन संघीय समाजवादी फोरम ( हालको जसपा ) बाट , मोदी पनि तत्कालीन संघीय समाजवादी फोरम ( हालको जसपा ) बाट पालिका अध्यक्षमा र गुप्ता भने काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।२०७९ बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा तीनै जनालाइ उनिहरुको पार्टीले उम्मेदवार बनाएकाो थिथयो । तर उनिहरु पराजित भएका थिए ।

पाकाहा मैनपुर गाँउपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष मदन साह कानु पनि एमालेमा प्रवेश गरेका छन् । उनि २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम ( हालको जसपा ) बाट निर्वााचित भएपनि गत बैशाख ३० गते भएकाो निर्वाचनमा भने जसपाबाट उम्मेदवार बने पनि पराजित भएका थिए । यस्तै, बैशाख ३० कोे निर्वाचनममा नेपाल सुशासन पार्टीको तर्फबाट पाकाहा मैनपुर गाँउपालिकाको उपाध्यक्षमा उमेदवार बनेर पराजित भएकी अध्ययादेवी मेहता पनि एमालेमा प्रवेश गरेकी छन् ।

यस्तै सखुवा प्रसौनी गाँउपालिकाका काँग्रेस नेता नीर गिरि पनि एमालेमा प्रवेश गरेका छन् । यस्तै पर्साको कालिकामाइ गाँउपालिकाका जसपा नेता वकिल मियाँ , छोटेलाल चौरसीया , दिनेश चौरसीया , दिनानाथ साह लगायत पनि एमालेमा प्रवेश गरेका छन् ।

मङगलबार काठमाण्डौ स्थित एमालेको पार्टी कार्यालयमा आयाोजित कार्यक्रममा उनिहरुलाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्छा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस अवसरममा नेकपा एमालेका केन्द्रिय सदस्यहरु राज कुमार गुप्ता, प्रभु हजरा , विचारी यादव , पर्सा अध्यक्ष जयप्रकाश थारु लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो

ठोरीको प्रहरी कार्यालय भवन जीर्ण हुदा सुरक्षाकर्मीलाई सास्ती

वीरगन्जमा उद्घाटनकाे तयारीमा रहेकाे मधेस विश्वविद्यालयकाे मेयर सिंहले गरे अवलाेकन

Leave a Comment