मधेसखबर
वीरगन्ज, १६ असोज : वीरगन्जमा दशैंको मेला लागेको छ । घटस्थापनाको पाँचौ दिन देखि नै वीरगन्जमा दशैं मेलाको चहल पहल शुरु भएको हो । प्रसीद्ध शक्तिपिठ माइस्थानको गहवामाइ मन्दिरमा नवरात्रा शुरु भएकै दिन देखि पूजापाठ शुरु हुन्छ । फुलपातिका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरुले खोइच भर्ने गर्दछन् । घटस्थापनाको पाँचौ दिन देखि शुरु दशैं मेला नवमीका दिन सम्म चल्ने गर्दछ । मेलामा पर्सा, बारा , रौतहट , सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरु आउने गर्दछन् ।
previous post
Related posts
- Comments
- Facebook comments