माधुरी महत्तो
वीरगन्ज ,१६ असोज : मधेसमा नवरात्राको सातौं दिन दुर्गा माताको शक्तिपिठ र दशैंघरमा फूलपाती भित्रयाइसकेपछि दुर्गा भवानीलाइ खोइच भर्ने चलन छ ।दसैँको पहिलो दिन अर्थात घटस्थाापनाको जस्तै सप्तमी तिथिको विशेष महत्व हुने तथा मधेसमा फूलपातीकै दिन दुर्गा भवानीलाई खोईच भर्ने परम्पराको पनि आफ्नै विशिष्ट महत्व रहेको छ ।
सप्तमीको दिन विहान फुलपाती भित्रयाईसकेपछि वीरगन्जको माईस्थान स्थित गहवामाइ मन्दिरमा खोइच भर्ने महिला भक्तजनहरुको निक्कै घुइचो लाग्ने गर्छ ।यस्तै वीरगन्जकै विर्तामाइ मन्दिरमा , विन्दवासिनीमाइ मन्दिर , बाराको गढीमाई मन्दिर लगायतका शतिmपिठहरुमा पनि पर्सा, बारा, रौतहट लगायत भारतका विभिन्न ठाउँबाट आउने भतmालुहरुले खोईच भर्ने गर्दछन् ।
घटस्थापनाको दिनदेखी पुजाअर्चना गर्ने तथा नवरात्रको उपवास बस्ने महिलाहरुले कुनै श्रृंगार नगरी सादा बस्ने र सप्तमीको दिन खोईच भर्नुका साथै दुर्गा भवानीलाई सिन्दुर चढाएपछि मात्रै आफुले पनि श्रृंगार गर्ने चलन रहेको संस्कृतीविद उमाशंकर दिवेदीको भनाई छ ।
सप्तमीको दिन खईच भर्ने परम्परा महिलाहरुको लागि अति नै विशेष हुने गरेको ब्रतालु महिलाहरु बताउँछन् । माईस्थानकी सिमा देवीले खोईच भर्ने दिन विभिन्न मिष्ठान्न र सामाग्री देवीलाई अर्पण गर्ने चलन रहेको बताउँछिन् ।
उनले सप्तमीको खोईच भर्ने दिन हाम्रो लागि धेरै नै विषेश महत्व राख्ने भएकोले मातालाई नयाँ वस्त्र , पानको पात , सुपारी , ल्वाङ्ग , ईलाईची , मिठाई ,रुप चढाइने गरीएको उनले बताईन् ।पछिल्लो समयमा मधेशी समुदायका महिला मात्रै नभई पहाडी समुदायका महिलाहरुले पनि खोईच भर्न थालेका छन् । खोंइच भर्ने क्रम सप्तमी तिथीको मध्यरात सम्म चल्ने छ । त्यसपछि अष्टमी र नवमीका दिन शक्तिपिठहरुमा पुश बली दिने चलन छ।