Shere Parsa
समाचार हेडलाइन

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज, ०४ कार्तिक : पर्सामा राष्ट्रिय निकुञ्जले पालकै हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ५ डुमरवाना घर भइ पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभौरी भाठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत ३१ वर्षीय रमेश महरा रहेका छन् ।

शुक्रबार दिउँसो कामिनीकली नामक हात्तीलाई चराएर ठोरी गाउँपालिका सुवर्णपुर स्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई त्यहि हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेर वीरगन्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारका लागि ल्याएको थियो ।

उपचारको क्रममा महराको शुक्रबार अपरान्ह साढे ४ बजे मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Related posts

वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

ब्रेक फेल भएपछि चालक हाम्फाले, बस बगरमा बजारियो

पर्सा १ लोसपालाइ , लक्ष्मणलाल कर्ण गठबन्धनको साझा उम्मेदवार

Leave a Comment