Shere Parsa
स्थानिय

बिन्दवासिनी गाउँपालिकामा पनि पुग्याे राष्ट्रिय भूमी आयाेग

मधेसखबर
वीरगन्ज ,२६ भदौं :पर्साको बिन्दावासिनी गाउँपालिकामा पनि भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष अहमद र आयोगका बवज्ञ सदस्य हिमाल चन्द गौतमले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

त्यस अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

कार्यममा सहभागी गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न सकरात्मक रहेको र यस्तो सामाजिक कार्यमा पुर्णरुपले सहयोग रहने बताए। भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउँदै अध्यक्ष तिवारीले भूमि आयोगकाे कामलाई सहयाेग गर्ने बताए ।

अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, सम्पुर्ण वडाका वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

Related posts

कालिकामाई र धोबिनीमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

पर्साको एक सरकारी विधालयमा आगजनी, लाखौंको क्षति

राष्ट्रपतिको राजिनामा माग्दै वीरगन्जमा वाइसियलको प्रदर्शन

Leave a Comment