Shere Parsa
स्थानिय

राष्ट्रपतिको राजिनामा माग्दै वीरगन्जमा वाइसियलको प्रदर्शन

मधेसखबर
वीरगन्ज ,०६ असोज : राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विद्येयक प्रमाणिकरण नगरेको विरोधमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसिएल)ले बिहीबार वीरगन्जमा प्रदर्शन गरेको छ ।

वाइसियल पर्साले वीरगन्जको घण्टाघरमा राष्ट्रपति भण्डारीको राजिनामा माग्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी वाइसियलका नेता कार्यकर्ताले राष्ट्रपति भण्डारीको विरोधमा नाराबाजी पनि गरेका थिए ।

नाराबाजी पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै वाइसिएलका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेलले राष्ट्रपति भण्डारी संविधानको रक्षक नभइ भक्षक भएकाले तत्कालै राजिामा दिनु पर्ने माग गरे ।

दुवै सदनबाट दोश्रो पकट पारित भइ पठाइएको नागरिकता विधेयक १५ दिन भित्र प्रमाणीकरण गर्नु पर्ने प्रावधान संविधानमा भएपनि राष्ट्रपति भण्डारीले एमालेको गोटी बनेर प्रमाणीकरण नगरेको उनले बताए । संविधानको पालाना नगर्ने राष्ट्रपति एक क्षाण पनि पदमा बस्न नमिल्ने भन्दै पटेलले राष्ट्रपति भण्डारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

 

वाईसिएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका मधेस प्रदेश सचिव विवेक शाह, महेश पटेल लगायतको पनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा डेट एक्सपायर औषधी बेच्ने कम्पनिको गोदाम सिल

बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल चयन

Leave a Comment