Shere Parsa
स्थानिय

कालिकामाई र धोबिनीमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

मधेसखबर
वीरगन्ज,२४ भदौं : पर्साको कालिकामाई र धोबिनी गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले ती दुवै पालिकामा अभिमुखीकरणको आयोजना गरेको हो ।

 

कर्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।

 

त्यहि अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोग पर्साका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

कर्यक्रममा कालिकामाइ गाँउपालिकाका अध्यक्षा बशीष्ट गुप्ता र धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा आयोजित कार्यक्रममा कालीकामाइ गाँउपालिकाकी उपाध्यक्ष राजमती बरैनी, धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवी, सबै वडाका वडाअध्यक्षहरु , वडासदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

Related posts

बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् सहित दुई जना पक्राउ

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी चयन

विपी उद्यानको जग्गा अन्य प्रायोजनमा प्रयोग नगर्न अदालतको आदेश

Leave a Comment