Shere Parsa
राजनीति

गठबन्धन बिच सिट बाँडफाँट भोलि टुंगीन्छ त ?

मधेसखबर
वीरगन्ज ,२५ भदौ : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि (सोमबार) टुंगो लगाउने बताएका छन् ।

आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा कार्यदलले गरेको कामबारे व्रिफिङ भएको थियो ।

कयौं कुरा मिलेका छन्, कयौं मिलाउन बाँकी भन्ने रिपोर्टिङ भएको छ,’ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘भोलि (सोमबार) सबै टुंगो लगाउने निर्णय गरेका छौं ।’

सोमबार बैठक बसेर अधिकांश विषय टुंगो लगाइने उनको भनाइ  छ।

कांग्रेस नेता कृष्णप्रसा सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शीर्ष तहमा बुझाएको  थियो। तर पनि पटकपटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटको अन्तिम रुप दिन सकेको छैन।

Related posts

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

पर्सा १ मा प्रदीप यादवको लहर : काँग्रेस र नेकपा एसका नेताहरु जसपा प्रवेश

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

Leave a Comment