Shere Parsa
स्थानिय हेडलाइन

पर्साको एक सरकारी विधालयमा आगजनी, लाखौंको क्षति

मधेसखबर
वीरगन्ज,११ मंसिर : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेबर्वामा रहेको एक सामुदायिक विधालयमा आगजनी गरिएको छ ।

मनोकामना प्राथमिक विद्यालयमा शनिबार अज्ञात समुहले आगजनी गरेको प्रधानाध्यापक देवचन प्रसाद यादवले बताए । शनिबार मध्यराति तिर गरिएको आगजनीका कारण विद्यालय भित्रका सामानमाहरु जलेर नष्ट हुदा ६ लाख भन्दा बढिको क्षति भएको यादवले बताए ।

प्रधानाध्यापक यादवका अनुसार शनिबार राति अज्ञात समुहले गाउँमा रहेको टावर लाईट निभाएर विद्यालयको तल्चा फुटाई विद्यालय भित्र प्रवेस गरेर कम्प्युटर , प्रिन्टर , टेबुल कुर्सी, कागजात , लगायतका सामग्री जलाएर नष्ट गरेका हुन् ।घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पोखरीयमा जानकारी गराई सकेको प्रधानाध्यापक यादवले बताए ।

Related posts

 अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

किसान श्रेष्ठ भन्छन् : बारा ४ मा दोब्बर मतले जितेर इतिहास रच्छु

नेता प्रति मधेसी जनताको आक्रोश : चुनावमा सपना बाडछन् , तर जितेपछि ५ बर्ष हराउछन्

Leave a Comment