Shere Parsa
शिक्षा हेडलाइन

पर्साको एक विधालयको बेथिती : श्रीमान् मलेशीयामा , श्रीमति फर्जि हस्ताक्षर गरेर तलब खादै


फाइल फोटो

मधेसखबर
वीरगन्ज,२४ भदौं : पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ३ सोनबर्षाको कन्चनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

विधालयमा कार्यरत कार्यालय सहयोगी धिरज चौधरी विगत ५/६ बर्ष देखि रोजगारीका लागि मलेशीयामा रहेको र उनको सट्टा उनकी श्रीमति कान्ति देवी थारुले फर्जि हस्ताक्षर गरेर तलब सुविधा बुझदै आएको भनेर उजुरी परेपछि अख्तियारले यस बारेमा छानबिन थालेको हो ।

विधालयका प्रध्यानाध्यापक श्रीराम गिरीकै मिलेमतोमा धिरजकी श्रीमति कान्ति देवीले फर्जि हस्ताक्षर गरेर तलब सुविधा बुझदै आएको भनेर अख्तियारमा उजुरी परेको अख्तियार श्रोतले जनाएको छ ।कान्ति देवीले मलेशीयामा रहेका श्रीमान् धिरजको फर्जि हस्ताक्षर गरेर तलब सुविधा बुझदै आएको प्रमाण स्वरुप विधालयको बैंक स्टेटको विवरण प्राप्त भएपछि यस बारेमा उजुरी थालिएको अख्तियार श्रोतले जनाएको छ ।

स्थानीयका अनुसार , विधालयका कार्यालय सहयोग धिरज बैदेशीक रोजगारीका लागि मलेशीया गएपछि उनकी पत्नि कान्ति देवीले विधालयको हाजिरी रजिष्टरमा धिरजकै फर्जि हस्ताक्षर गरेर तलब सुविधा लिदै आएकी छन् ।तर कार्यालय सहयोगीको काम भने धिरजका नातेदार पर्ने जगन थारुले गर्दै आएका छन् ।

धिरज विदेश गएको हल्ला चलेपछि प्रधानाध्यापक गिरीले कसैलाइ थाहा नै नदिइ शिक्षक कर्मचारीको बैठक गरेर कार्यालय सहयोगीमा धिरजकी श्रीमति कान्ति देवीलाइ नियुक्त गरेका थिए । तर उक्त नियुक्त अवैधानिक रहेको स्थानीयले बताएका छन् । कार्यालय सहयोगकीको काम जगनले गर्ने तर तलब सुविधा भने धिरजकी श्रीमति कान्ति देवीले धिरजको फर्जि हस्ताक्षर गरेर बुझदै आएको स्थानीयले पनि बताएका छन् ।

यस्तै प्रधानाध्यापक गिरीले विधार्थीलाइ वितरणका लागि पालिकाबाट आएको छात्रवृतिको रकम पनि विगत ५÷६ बर्ष देखि वितरण नगरि आफुखुशी खर्च गर्ने गरेको स्थानीय अभिभावकहरुको आरोप छ ।

तर प्रअ गिरीले भने आफुलाइ दबनाम गर्न झुठा आरोप लगाइएको बताएका छन् । उनले विधालयको जग्गा विवाद सम्बन्धि अदालतमा परेको मुद्धा लड्नका लागि विगत ५ बर्षको छात्रवृतिको रकम त्यसैमा खर्च गरेको बताए । गत आर्थिक वर्षको छात्रवृतिको रकम भने यहि भदौ २० गते विधार्थीलाइ वितरण गरेको उनले बताए ।

अख्तियारको छानबिनको सन्दर्भमा भने उनले अख्तियारले छानबिन शुरु गरेको स्वीकारे । १० दिन पहिले गाँउपालिका कार्यालयमा आएको अख्तियारको टोलीले आफुलाइ बोलाए पछि आफु त्यहा गएको उनले बताए । त्यसक्रममा अख्तियारले आफससंग सोधपुछ गरेर कार्यालय सहयोगी नियुक्ती, छात्रवृति रकमको खर्च लगायतका विवरण बारेको कागजातहरु लिएर गएको प्रअ गिरीले बताए ।

Related posts

बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो , घाइते २० जनालाइ भरतपुर पठाइयो

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

Leave a Comment