Shere Parsa
राष्ट्रिय हेडलाइन

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

मधेसखबर
वीरगन्ज,१५ भदौं : मिटर ब्याजीको चंगुलमा फसेर छोरो ३ महिना देखि जेलमा परेपछि आमा ७३ वर्षिया सुनैनादेवी यादव बिलखबन्दमा परेकी छन् ।

घर व्यवहार चलाउन भन्दै रौतहटको मौलापुर नगरपालिका वडा नम्बर २ सोनरनियाकी सुनैना देवीका छोरा दयाशंकर प्रसाद यादवले २०७६ असोजमा नातामै पर्ने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसंग १४ लाख रुपैया ऋण लिएका थिए । अनिल , बाराकै प्रसौनी गाँउपालिका ३ नौतन गण्डक स्थित रामजानकी आधरभुत विधालयमा कार्यरत शिक्षक पनि हुन् ।

उक्त ऋणको ब्याज बापत दयाशंकरका परिवारले अनिललाइ ४९ लाख रुपैया तिरिसकेका छन् । तर ऋण लिदाका बखत पटक पटक गरि दिएको चेक बाउन्सको मुद्धामा दयाशंकर गत जेठ देखि गौर कारागारमा कैदी जिवन बिताइरहेका छन् ।

बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरेकी बृद्धा सुनैना देवीले गहभरि आँशु पार्दै भनिन् ,‘ १४ लाखको कर्जाको ब्याज ४९ लाख रुपैया तिरि सकेका छौ तै पनि छोरो ३ महिना देखि जेलमा छ ।

अनिललाइ ब्याज बापत आफुहरुले १० लाख , ८ लाख र २६ लाख गरि तीन पटकमा ४४ लाख रुपैया बुझाइ सकेको भएपनि ऋण लिदाका बखत धितो स्वरुप दिएको चेक बाउन्सको मुद्धा हालेर अनिलले छोरालाइ जेलमा हालेको सुनैना बताउछिन् ।

उनी भन्छिन् ,‘ ऋण लिदा धितो भनेर अनिलको आफनै साला रामदिनेश यादवको नाममा २८ लाखको चेक काट्यौ , अनिलको भान्जी रुबी कुमारीको नाममा पनि ११ लाखको चेक काटेर दियौं , त्यहि दुइ वटा चेक बाउन्स गराएर अनिलले मुद्धा हाल्यो अहिले छोरो जेलमा छ ।

पिडित सुनैना देवीको परिवारले १४ लाख रुपैया ऋणको ब्याज तिर्ने क्रममा बापत १२ कठ्ठा खेत बेचेर र २ बिघा खेत दृष्टिबन्धकमा राखेर ऋण लिइ अनिललाइ तीन पटकमा गरि ४४ लाख रुपैया बुझाइ सकेका हुन् ।

पत्रकार सम्मेलनमा सुनैनाकी बुहारी सन्ध्या यादवले भनिन् ,‘ ऋण लिने बेलामा अनिल आफनै नेतामा पर्ने र सरकारी विधालयको शिक्षक पनि भएकाले विश्वास गर्यौ तर अहिले आएर १४ लाख ऋणको ४४ लाख रुपैया तिरि सक्दा पनि चेक बाउन्स गराएर मेरो श्रीमान्लाइ जेलमा हालेको छ ।

हालै सरकारले मिटर ब्याजी विरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिल विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैना देवीसंगै तीन जनाको उजुरी परेको छ ।अनिल विरुद्ध सुनैनासंगै बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर १ का युगल किशोर यादव र महागढीमाइ नगरपालिका वडा नम्बर ७ का किशोरी प्रसाद यादवले पनि उजुरी हालेका छन् ।

तीनै जनाको उजुरीमा शिक्षक अनिलले आफना साला समेत रहेका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम दिनेश प्रसाद यादव र साथी कलैया उपमनपा ८ का सुनिल कुमार ठाकुरसंगै मिलेर मिटर ब्याजीको धन्दा चलाउदै आएको उल्लेख छ ।

उजुरीकर्ता युगलकिशोरका अनुसार , शिक्षक अनिल , उनका साला वडा अध्यक्ष राम दिनेश र साथी सुनिलले गरि २७ लाख रुपैया ऋण दिएर ८१ लख रुपैयाको कपाली तमसुक बनाएका छन् । ऋण बापत लिएको साँवा र त्यसको ब्याज बापतको सबै रकम चुक्ता गरि सकेको भएपनि ती तीनै जनाले कपाली तमसुकको कागज भने फिर्ता नगरेको पिडित भनिएका युगल किशोरको आरोप छ ।

युगलकिशोर भन्छन् ,‘ ऋणमा लिएको सावाँ र ब्याज सबै चुक्ता गरि सके तर उल्टै उनिहरुले ऋण तिरेको छैन भनेर कपाली तमसुक गराएको कागज फिर्ता नगरि अदालतमा मुद्धा हालि दिएका छन् ।

 

अर्का उजुरीकर्ता किशोरी प्रसाद यादवका अनुसार , उनले अनिलसंग मिटर ब्याजमा ७५ लाख रुपैया ऋण लिएका थिए । तर उक्त ऋणको ब्याज मात्रै ५ करोड रुपैया तिरि सक्दा पनि अनिलले ऋणको साँवा र ब्याज अझै तिर्न बाँकी रहेको भन्दै आएका छन् ।

किशोरी भन्छन् ,‘ १ दिनको १ लाख रुपैया ब्याज तिर्ने शर्तमा ७५ लाख लिएको थिए , अहिले सम्म ५ करोड रुपैया बुझाइसकेको छु तै पनि उसले अझै साँवा र ब्याज तिर्नु पर्छ भन्दै आएको छ ।किशोरीले अनिलको साला वडा अध्यक्ष रामविनेशको नाममा १ करोड १० लाखको र उसको साथी सुनिलको नाममा ४२ लाख रुपैयाको चेक काटेर दिएको प्रमाण आफूसंग सुरक्षित रहेको पनि बताए ।

यसका अतिरिक्त अनिलको श्रीमति रम्भा देवीको नाममा आफुले तीन कठ्ठा जग्गा पास गरिदिएको पनि किशोरीले बताए ।किशोरी भन्छन् ,‘ अनिललले आफनो साला वडाअध्यक्ष रामदिनेश र साथी सुनिलसंग मिलेर वर्षौ देखि मिटर ब्याजीको धन्दा चलाउदै आएको छ ।

यता शिक्षक अनिलले भने आफु मिटर ब्याजीको धन्दा चलाउने व्याक्ति नै नभएको दाबी गरेका छन् ।
यादवले आफुलाइ बदनाम गर्न केहि व्याक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको बताए ।

 


मिटरब्याजीको आरोप लागेका शिक्षक अनिल यादव प्रियदर्शी । तस्वीर :अनिलको फेसबुकबाट

अनिलले भने ,‘ दयाशंकरलाइ मैले ८ लाख रुपैया सापटीको रुपमा दिएको थिए , पछि उसले रकम फिर्ता गरयो , मैले उसंग एक रुपैया पनि ब्याज लिएको छैन , सबै आरोप निराधार हुन् ।

अर्का उजुरीकर्ता युगलकिशोर र किशोरीका सम्बन्धमा अनिलले भने ,‘ उनीहरु त आफै ठग हुन् , गाँउका मान्छेको करोडौ रुपैया ठगि गरेर बसेका छन् , मलाइ बदनाम गर्न उनिहरुले झुठा उजुरी हालेका छन् ।

अनिलले आफु विरुद्ध लगाइएका आरोपको खण्डन गर्न आफुले पनि केहि दिनमै पत्रकार सम्मेलन गर्ने पनि बताए । अनिलले भने ,‘ म पनि पत्रकार सम्मेलन गरेर उनिहरुको पर्दाफास गर्छु । उनले पिडित भनिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालिसकेकाले प्रहरी प्रशासनले गर्ने छानबिनबाटै सत्यतथ्य कुरा बाहरि आउने पनि बताए ।

Related posts

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनु पर्छ : ओली

जिएचपीको गुण्डागर्दी रोकिएन, महानगरपालिकाले पनि चासो दिएन , फेरि आन्दोलन गर्छौ: अभिभावक संघर्ष समिति

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक ‘काम’ नलाग्ने छ, फिर्ता हुन्छ

Leave a Comment