Shere Parsa
मधेस प्रदेश

हैसियत अनुसार सिट पाए मात्र लोसपाले चुनावी तालमेल गर्छ नत्र एक्लै लड्छ : सोनल

मधेसखबर
वीरगन्ज, २४ भदौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हैसियत अनुसार सिट पाए मात्र लोसपाले अन्य दलहरुसंग चुनावी तालमेल गर्ने बताएका छन् ।

 

जनकपुरमा लोसपाको मधेस प्रदेश समितिको बैठकमा बोल्दै पुर्वमन्त्री समेत रहेका सोनलले लोसपालाइ कमजोर आकेर भीख दिए जस्तो गरे लाोसपाले कसैसंग तालमेल नगर्ने पनि प्रष्ट पारे । उनले मधेसमा मात्र नभइ अन्य प्रदेशमा पनि लोसपाको जनमत रहेको दाबी गर्दै लोसपालाई राजनितिक दल जस्तो व्यवहार गर्नेसंग मात्र चुनावमा तालमेल हुने बताए ।

गत स्थाानीय तहको निर्वाचनममा पनि कसैका सामु नझुकेर लोसपा एक्लैले चुनाव लडेर देखाएको स्मरण गराउदै सोनलले सम्मानजनक व्यवहार र मधेसको शक्तिका रुपमा व्यवहार गर्ने पार्टीसंग मात्रै चुनावी तालमेल हुने बताए ।

उनले राष्ट्रिय दलको मान्यता पाउन कम्तिममा पनि साढे तिन लाख मत ल्याउनु पर्ने चुनौती रहेको भन्दै तालमेलको मुख ताकेर नबस्न र आफनो वडा देखि क्षेत्र सम्ममा सक्रिय रुपमा चुनावी तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन पनि दिए ।

Related posts

हिंसा भड्किए पछि महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू

वीरगन्जमा उधोग विभाग र पर्यटन कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय

साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

Leave a Comment