Shere Parsa
राष्ट्रिय

रवि लामिछाने तेब्बर भन्दा बढि मतान्तरले विजयी

वीरगन्ज,०८ मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट भारी मतान्तर सहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत पाएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका हुन् ।
एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन–२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।साभार ः कान्तिपुर

Related posts

नेपाल पत्रकार महासंघले माग्याे राष्ट्रपति भण्डारीकाे राजिनामा

पर्सा राष्ट्रिय निकुञ्जको वार्डेन डा. अशोक राम

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

Leave a Comment