Shere Parsa
राष्ट्रिय हेडलाइन

चितवनमा शुरु भएकाे छैन मतगणना , मिथ्या सुचना प्रवाह नगर्न निर्वाचन आयाेगकाे आग्रह

मधेसखबर
वीरगन्ज ,०५ मंसिर: चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ ।

आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो ।

मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् । चितवन९१ को खैरहनी, चितवन९२ को भरतपुर र चितवन९३ को रामपुरमा मतगणना हुने छ ।

Related posts

हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन

भारतले रक्सौल–वीरगन्ज नाकाबाट कच्चा पदार्थ निर्यातमा राेक लगाउदै

लालमहम्मद हत्या प्रकरण : वीरगन्जका दुइ युवक सहित तीन जना पक्राउ

Leave a Comment