Shere Parsa
राष्ट्रिय हेडलाइन

वीरगन्जमा १० हजार नक्कली मतपत्र र २ लाख ७२ हजार नगद सहित दुई जना पक्राउ

मधेसखबर वीरगन्ज ,०२ मंसिर : वीरगन्जबाट नक्कली मतपत्र र नगद सहित दुईजना पक्राउ परेका छन् । वीरगन्जको बसपार्क १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार सहित दुई जना पक्राउ परेकाे ब सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पनि पाइएको छ ।

बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।

उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ

Related posts

वीरगन्ज हेल्थ केयर हस्पिटलका सन्चालक डाक्टर अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुदै

माओवादीले हत्या गरेका हिन्दु सहिद काशी तिवारीकाे शालिक वीरगन्जमा निर्माण

बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते

Leave a Comment