Shere Parsa
स्थानिय हेडलाइन

नवनिर्वाचित प्रदेशसभा सदस्य सोनल अस्पतालमा भर्ना

मधेसखबर
वीरगन्ज,०८ मंसिर : बारा क्षेत्र नम्बर ४ (ख) का नवनिर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनल अचानक अस्वथ्य भएपछि अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि सोनल, बिहीबार बिहान ११ बजे वीरगन्ज स्थित एसएल न्युरो अस्पतालमा भर्ना भएका हुन् ।
चुनावको धपेडीले विगत तीन दिन देखि रुघाखोकी र ज्वरो आउनुका साथै कम्मरमा पनि दुखाइ भएपछि सोनल उपचारका लागि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएर प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यकर्ता र समर्थकहरुसंग खुशीयाली मनाएर राति घर फर्किदा रुघा खोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजे तिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए ।

अस्पताल भर्ना भएका सोनलको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार पनि भइरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएको सर्राफले जानकारी दिए ।बुधबार साँझ मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि कार्यकर्ता र समर्थकहरुसंग खुशीयाली मनाएर राति घर फर्किदा रुघा खोकी र ज्वरोले झन च्यापेपछि सोनललाई बिहीबार बिहान ११ बजे तिर अस्पतालमा भर्ना गरिएको सर्राफले बताए ।

लोसपाका मधेस प्रदेश अध्यक्ष र पूर्वमन्त्री समेत रहेका सोनल बारा ४ (ख)को प्रदेशसभा सदस्यामा भारी मतान्तरले पुन निर्वाचित भएका हुन् ।

Related posts

अजय द्विवेदी भन्छन् : उम्मेदवारी दिने नदिने बारे सरसल्लाह गरिरहेको छु

पर्सावासीको शीर कहिल्यै पनि झुक्न दिएको छैन : प्रदीप यादव

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी

Leave a Comment