मधेसखबर
वीरगन्ज, २२ कार्तिक : बारा क्षेत्र नम्बर ४ को (ख) मा पाँच दलीयग गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र सोनललाई मतदाताहरुले स्वागत र समर्थन गर्दै विजयी बनाउने आशिर्वाद दिएका छन् ।
चुनावी घरदैलोका क्रममा क्षेत्रका विभिन्न गाँउमा पुग्दा लोसपाका उम्मेदवार सोनललाई मतदाताहरु आफै भेला भएर स्वागत गर्दै जितको आशीर्वाद दिने गरेका छन् ।यसैक्रममा मङगलबार परवानीपुर गाँउपालिका वडा नम्बर १ रहरियाडिह र कट्टी टोलमा पुगेका पूर्वमन्त्री सोनललाई त्यहाका मतदाताहरुले भव्य स्वागत गरे ।
उनिहरुले जनताको सेवक सोनलले पाँच वर्षको कार्यकालमा क्षेत्रमा विकासका नमूना कामहरु गरेको र फेरि पनि अवसर दिए अझ उत्कृष्ट कामहरु गर्ने भएकाले यसपालि फेरि सोनललाई नै जिताउने प्रतिबद्धता जनाए ।मतदाताको स्वागतबाट हर्षित हुदै प्रदेशसभा सदस्यका उम्मेदवार सोनलले जनताबाट पाइरहेको सर्मथनले आफु प्रति जिम्मेवारी थप बढेको भन्दै जनताको परिक्षामा आफु फेरि पनि खरो रुपमा उत्रने वाचा गरे ।
चुनावी घरदैलो कार्यक्रममा लोसपा , काँग्रेस , नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।