Shere Parsa
समाचार हेडलाइन

वीरगंजमा नमुना मतदान सम्पन्न


मधेसखबर
कार्तिक २२गते : मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गर्दै वीरगंजमा आज नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा मंगलबार नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो ।


वीरगंजमा रहेको शहरी विकास आयोजना कार्यालयको प्रागंनमा सम्पन्न नमुना मतदान कार्यक्रममा सहभागी मतदाताले प्रदेश र प्रतिनिधीसभाको जस्तै प्रत्यक्ष र समानुपातिक गरि ४ पटक मतदान गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा दिने र मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमुना मतदान गरिएको र यो नमुना मतदान पर्सामा १८ वटा स्थानमा भईरहेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।


नमूना मतदानमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेल ,जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जीता झा का साथै कार्यालयका कर्मचारीहरुले पनि मतदान गरेका थिए ।


नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरुलाई मतपत्रमा स्वास्तिक छाप लगाउन , मतपत्र पट्याउन , चार वटा मतपत्र मध्ये कुनमा पहिले , कुनमा दोश्रो , कुनमा तेश्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वास्तिक छाप लगाउने बारेमा सिकाइनुका साथै सानो मतदान स्थलमा पनि सुरक्षा व्यवस्था कसरी कायम गराउने , कर्मचारी लगायतले कसरी खटिनुपर्ने , कुनमा पहिले जाने कुनमा दोश्रो लगायत अन्तिमसम्म लाईन कसरी व्यवस्थापन गर्ने सहित वास्तविक निर्वाचनको झल्को दिने गरी नमुना मतदान सम्पन्न भएको हो ।


सम्पन्न नमुना मतदानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत पर्साका सबै सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन पनि गरेको थियो ।

 

 

Related posts

शुरु भयाे बडादसैं , गहवामाइमा भक्तजनकाे घुइचाे

प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण

ठाकुरराम क्याम्पसमा तालाबन्दी

Leave a Comment