Shere Parsa
राजनीति हेडलाइन

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

मधेसखबर
वीरगन्ज ,२९ असाेज : पर्सा क्षेत्र नम्बर १ काे (ख) का नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीले मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जकाे समृद्धि र विकाससंग कुनै मतलब नै नराखेकाे बताएका छन् ।

शनिबार वीरगन्ज १५ भिस्वा टाेलमा काँग्रेसले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका कुर्मीले भने, वीरगन्जकै मुख्यमन्त्री भएर पनि राउतले वीरगन्जका लागि केही पनि गरेनन्, उल्टै मुख्यमन्त्री पदसंग राजधानि साटेर राजधानी जनकपुरलाई बनाए ।

कुर्मीले पर्सा क्षेत्र नम्बर १ का एक जना पनि मतदाता मुख्यमन्त्री राउतकाे कामसंग सन्तुष्ट नरहेकाे दाबि पनि गरे ।उनले भने, चुनावी घरदैलाेका क्रममा क्षेत्रमा घुमि रहेकाे छु, एक जना पनि जनता मुख्यमन्त्री राउतसंग सन्तुष्ट छैनन् ।

कुर्मीले भ्रष्टचारकाे सवालमा सात वटै प्रदेश मध्ये मधेसका मुख्यमन्त्री राउत नै सबैभन्दा बदनाम भएकाे र यसले मधेसकै बेइज्जत भएकाे बताए ।

उनले मुख्यमन्त्री राउतकाे क्षेत्रमा एउटा पनि नमूना सरकारी विधालय र नमूना स्वास्थ्य संस्था नभएकाे पनि बताए ।

उनले आफनाे पहिलाे प्राथमिकता सरकारी विधालय र सरकारी स्वास्थ्य संस्थाकाे सुधार गर्ने रहने बताए ।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता , पूर्ब वडा अध्यक्ष गजेन्द्र कुर्मी , काँग्रेस नेताहरु अनिल सिंह, कालू सिंह लगायतकाे सहभागिता थियाे ।

Related posts

अजय द्विवेदी भन्छन् : उम्मेदवारी दिने नदिने बारे सरसल्लाह गरिरहेको छु

काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल चौथो पटक बने सांसद

राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेले उम्मेदवारी नदिने

Leave a Comment