Shere Parsa
राजनीति

बारा ४ मा किसान र सोनललाई जिताउन काँग्रेस शीर्ष नेताहरु पनि खुलेर लागे

मधेसखबर
वीरगन्ज, २२ कार्तिक : बारा ४ मा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली काँग्रेसका शीर्ष नेताहरु खुलेर लागेका छन् ।

बारा ४ मा गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीका कृष्णा कुमार श्रेष्ठ (किसान) , बाराको ४ (क) मा प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठ र ४ को (ख) मा लोसपाका जितेन्द्र सोनल प्रदेशसभा सदस्य उम्मेदवार छन् ।

गठबन्धनका यी तीनै जना उम्मेदवारलाई जिताउन काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर सहितका नेताहरु खुलेर लागेका हुन् ।
मङगलबार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ इनर्वासिरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले नेपाली जनताले अहिले सम्म प्राप्त गरेका राजनीतिक अधिकार सुरक्षित गर्नका लागि पनि पाँच दलीय गठबन्धनको जित आवश्यक रहेको बताए । उनले पाँच दलीय गठबन्धन जिते मात्रै लोकतन्त्र , संविधान र संघीयता सुरक्षित रहन सक्ने बताए ।

मधेस विरोधी केपी ओली र एमालेले जसपासंग गरेको गठबन्धन अपबित्र रहेको भन्दै मन्सुरले ती प्रतिगमनकारीलाइ परास्त भए मात्र लोकतन्त्र र संविधानको रक्षा हुने बताए । बारा ४ ले यसपालि प्रतिनिधी सभा सदस्यका लागि किसान श्रेष्ठ जस्तो विकास प्रेमी नेता पाएकाले उनलाई जिताए यो क्षेत्रको कायापलट हुने बताए । यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार सोनल पनि काम गरेर जनता माझ लोकप्रिय भइसकेका नेता भएकाले यो क्षेत्रलाई फेरि उनको आवश्यकता भएको मन्सुरले बताए ।

 

सभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले अब बारा ४ मा जात र धर्मको नाममा होइन विकासको राजनीति हुने बताए । उनले आफुले सांसदमा जितेपछि पाउने तलब भत्ता सबै क्षेत्रको विकासमा खर्च गर्ने घोषणा पनि गरे । अहिले काँग्रेसको मुखुण्डो लगाएर एक जना नकाबधारी र मशानघाट हडप्ने उम्मेदवार जनता माझ आइरहेकाले त्यस्ता नकाबधारीबाट सचेत रहन आग्रह पनि उनले गरे ।

प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले सत्ता हत्याउनका लागि अपबित्र गठबन्धन गरेका मधेस विरोधी एमाले र जसपालाई मतदातासंग मत माग्ने नैतिक अधिकार नै नभएको बताए । मधेस आन्दोलनलाई खिसिट्युरी गर्ने मधेस विरोधी एमाले र सत्ताको लोभममा पटक पटक मेधसका मुद्धालाई बेच्दै आएको जसपा दुवै दल जनताबाट यसपालिको निर्वाचनमा बहिष्कृत हुने ठोकुवा पनि उनले गरे ।

काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरको प्रमुख आतिथ्यतामा भएको चुनावी सभालाई प्रदेशसभा सदस्यका उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ , काँग्रेस नेता शोभाकर पराजुली , नेकपा एकिकृत समाजवादीका नेता दिनेश राई , काँग्रेस नेतृ नारायणी रायमाझी लगायतले पनि सम्बोधन गरेका थिए ।

Related posts

पर्सा ४ मा रिजालको लहर ,नेकपा एसका नेता सहित ५०० जना काँग्रेसमा प्रवेश

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

जनताको घरदैलो पुगेका सोनललाई भव्य स्वागत

Leave a Comment