Shere Parsa
राजनीति

पर्सा ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने युवा विधार्थीहरुको घोषणा

मधेसखबर
वीरगन्ज,११ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत शुक्रबार संयुक्त युवा विधार्थी भेला सम्पन्न भएको छ ।

पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ धोबिनीमा शुुक्रबार काँग्रेसको क्षेत्रीय कार्य समितिले लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त युवा विद्यार्थी भेला आयोजना गरेको हो ।

भेलामा सहभागी पाँच दलीय गठबन्धनका युवा विधार्थी नेताहरुले पर्सा ४ मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा विधार्थीहरु एकजुट भएर लागेको बताए । उनिहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल ,प्रदेशसभासदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदताराको पक्षमा घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता पनि जनाए ।

काँग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल,प्रदेश सदस्यका उम्मेदवार शेख चाँद तारा र शकर चौधरीका साथै नेताहरू बृहस्पतिकृष्ण श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी ,सलाउदीन अगमद,रामबबु बैठा,रमेश पान्डे , नवीन सिंह,किशोरी साह कानु लगायतको पनि सहभागीता थियो ।

 

Related posts

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

पर्साका जसपा नेताहरु भन्छन् : नागरिकता विधेयक फेल गराउनु मधेसीसंग विभेदकाे निरन्तरता हाे

पर्सा ४ : चुनावको मुखैमा जसपा र एमाले छाडेर दर्जनौ नेता कार्यकर्ता काँग्रेस प्रवेश

Leave a Comment