Shere Parsa
राजनीति हेडलाइन

पर्साका जसपा नेताहरु भन्छन् : नागरिकता विधेयक फेल गराउनु मधेसीसंग विभेदकाे निरन्तरता हाे

मधेसखबर
वीरगन्ज , ०८ असाेज : जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएकाे बताएका छन् ।

वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीकाे ईशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे आराेप लगाए । उनीहरूले नागरिकता विधेयक फेल गराउनु सदियाें देखिकाे मधेसी माथिकाे विभेदलाई निरन्तरता दिनु भएकाे पनि बताए ।

जसपाका नेता ,कार्यकर्ताका साथै उक्त पार्टी निकटका बुद्धिजीवी , प्राध्यापक,शिक्षक , अधिवक्ताहरु सहभागी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारी र त्यसमा भूमीका खेल्ने एमाले पार्टीकाे जनताका बिचमा गएर भण्डाफाेर गर्नुपर्नेमा जाेड पनि दिए ।

उनिहरुले अंवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीलाई नैतिकताको हिसाबले अब एक क्षण पनि पदमा बस्न नमिल्ने भएकाले राजिनामा दिएर राष्ट्रपति पदकाे गरिमालाई कायम राख्न सुझाव पनि दिए । गैर संवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीकाे बचाउमा उत्रिएर एमाले र उसका अध्यक्ष केपि ओली मधेस र मधेसी विराेधी रहेकाे तथ्य फेरि पनि पुष्टि भएकाे उनिहरुकाे तर्क थियाे ।

ओलीले आफनाे पालामा ल्याएकाे नागरिकता अध्यादेश सहजै प्रमाणीकरण गरिदिने राष्ट्रपतिले अहिलेकाे सरकारले ल्याएकाे नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनकाे दलीय चरित्र उदाङ्गिएकाे जसपाकम नेताहरुकाे भनाई थियाे ।

जसपा पर्साका सचिव तबरेज अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, नेताहरु देवेन्द्र मिश्रा, महाराज यादव,मुकेश द्विवेदी, प्रेमबाबु पटेल , सलमा खातुन लगायतकाे पनि सहभागीता थियाे ।

Related posts

पर्सा १ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

देउवाकाे मनाेमानी विरुद्ध शेखर समुहद्वारा आन्दोलनको घाेषणा

टिकट नपाएपछि सबै भन्दा बढि विद्रोह मधेसी दलमा

Leave a Comment