Shere Parsa
राजनीति

वीरगन्ज २ मा जसपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

मधेसखबर
वीरगन्ज,११ कार्तिक : जसपाले नेकपा एमालेसंग चुनावी गठबनधन गरेको प्रति असन्तुष्टि जनाउदै वीरगन्जमा जसपाका कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा पूर्बसांसद अनिल रुंगटा र पर्सा १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीको पहलमा जसपाका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । जसपाका फिरोज आलमको नेतृत्वमा मुस्तफा अंसारी,सुरज पटेल,मकबुल देवान, श्याम कुमार वर्णवाल र नाजिर आलम देवान कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई रुंगटा र कुर्मीले टिका लगाएर पार्टीमा स्वागत गरे ।

 

पूर्व सांसद एंव काँग्रेस नेता रुंगटाको प्रमुख आतिथ्यता र वीरगन्ज २ का काँग्रेस बुथ सभापति फिरोज आलमको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका नेता रामपल्टन, अनिल सिंह,वडा अध्यक्ष महमद रेयाज मिया तेली, नेपाली कांग्रेसका नेता हुकुम सिंह लगायतको पनि उपस्थिति रहेको थियो।

 

Related posts

वीरगन्जमा संविधान दिवस मनाउदै काँग्रेस नेताहरुले भने : संविधानकै कारण जनता अधिकार सम्पन्न भएका छन्

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रुपेशमान अगाडि

Leave a Comment