Shere Parsa
राजनीति हेडलाइन

वीरगन्जमा संविधान दिवस मनाउदै काँग्रेस नेताहरुले भने : संविधानकै कारण जनता अधिकार सम्पन्न भएका छन्

मधेसखबर
वीरगन्ज ,०३ असाेज : नेपाली काँग्रेस पर्साले साेमबार संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाएकाे छ ।

संविधानसभाबाट संविधान जारी भएकाे असाेज ३ गतेकाे दिन मनाइने संविधान दिवस काँग्रेस पर्साले साेमबार वीरगन्जमा विभिन्न कार्यक्रम गरेर मनाएकाे हाे । संविधान दिवसकाे अवसरमा साेमबार दिउँसाे शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे काँग्रेसले साँझ माईस्थान स्थित गहवामाई मन्दिर अगाडिकाे पार्कमा दिप प्रज्वलन कार्यक्रम गरेकाे थियाे ।

दिप प्रज्वलन कार्यक्रममा बाेल्दै काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले अहिलेकाे संविधानकै कारण राज्यकाे हरेक निकायमा सबै जातजातिकाे समावेशी पहुच र प्रतिनिधित्व हुन सकेकाे बताए । उनले संविधानकै कारण संघियता लागू भइ देशमा तीन तहकाे सरकार चलिरहेकाे र यसले जनतालाइ अधिकार सम्पन्न बनाएकाे बताए ।त्यसैले संविधानकाे रक्षा गर्नु सबैकाे दायित्व भएकाे उनले बताए ।

कार्यक्रममा बाेल्दै काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले अहिले पनि संविधान माथि प्रहार गर्ने प्रयास भइरहेकाे भन्दै त्यसकाे प्रतिवाद गरि संविधान र लाेकतन्त्रलाई जाेगाउने प्रमुख जिम्मेवारी काँग्रेसकाे काँधमा आएकाे बताए । संविधान र लाेकतन्त्र जाेगाउनकै लागि मुलुकमा गठबन्धनको सरकारकाे आवश्यकता परेकाे भन्दै उनले आगामी निर्वाचनमा पनि काँग्रेस गठबन्धनकाे पक्षमा रहेकाे स्पष्ट पारे । कुर्मीले दुवै सदनबाट पारित नागरिकता विधेयक संविधान अनुसार कुनै विलम्ब नगरि प्रमाणीकरण गर्न राष्ट्रपतिसंग आग्रह पनि गरे ।

जिल्ला सभापति क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्ब जिल्ला उपभापति प्रकाश उपाध्याय, नेताहरु नरेन्द्र साह, ध्रुब नेपाल , हुकुम सिंह, विश्वेसर पटेल लगायतका नेता कार्यकर्ताहरुकाे पनि सहभागिता रहेकाे थियाे ।

Related posts

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

पर्साको सिडिओ अफिसमा अख्तियारको छापा , घुस सहित एक कर्मचारी पक्राउ

वीरगन्जकाे कृषि ओैजार कारखाना सञ्चालनकाे जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

Leave a Comment