Shere Parsa
राजनीति

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रतिको जनलहर दिन प्रतिदिन बढ्दै गएको छ ।प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी चुनावी घरदैलोमा पुग्दा मतदाताहरु स्वफूर्त रुपमा स्वागत र समर्थनमा जुटिरहेका छन् ।

बिहीबार बिहान पनि जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा र महादेवपट्टीमा पुग्दा रिजाल र चौधरीलाई स्थानीयले फुलमाला लगाउदै आफै प्रचारमा जुटेका थिए ।

पर्सा ४ मा अहिले चुनाव लडेका एमालेका उम्मेदवार आफै बदनाम रहेको र विगतमा अनेकौं मुद्धामा मुछिएका व्याक्ति भएका कारण आफुहरुको रोजाई राजनीतिमा स्वच्छ छवि भएका रिजाल भएको स्थानीयले बताए ।मतदातासंग भेट्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजालले जनताको भरोसाको आफुले सदैव कदर गर्दै आएको र दुखसुखमा साथमै रहदै आएकोले नै यसपालिका मतदाताले आफुलाई अवसर दिनेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।

काँग्रेस , कुनै एउटा समुदाय र क्षेत्र विशेषको मात्र पार्टी नै मधेस र देशका लागि सोच्ने पार्टी भएकाले जनताको भरोसा काँग्रेस माथि नै भएको रिजालले बताए ।चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

चितवन ३ नछाड्न प्रचण्डलाई गठबन्धनकाे आग्रह

पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

Leave a Comment