Shere Parsa
समाज

कलैयाको चिया पसलमा गाजा बेच्ने र किन्ने पाँच जना पक्राउ

मधेसखबर
वीरगन्ज,१० कार्तिक : बाराको कलैया स्थित एक नास्ता होटलबाट प्रहरीले २० किलो गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर स्थित सुनिता देवी साहले सन्चालन गरेको चिया नास्ता होटलबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको हो ।

होटल भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा २० किलो ग्राम गाँजा सहित बाराकै महागढीमाई नगरपालिका १ सेमरा तेगछिया टोल घर भई हाल कलैया १ मा डेराकोठा गरी बस्ने २६ बर्षिया प्रतिमा देवी पटेल , करैयामाई गाउपालिका .१ हरैया टोलका ४५ बर्षिय सफि अंसारी भन्ने मजिद अंसारी र गाँजा किन्न आएका पचरौता नगरपालिका ३ का ४३ बर्षिय उपेन्द्र पटेल , २१ ब्र्षिय सौखीलाल प्रसाद यादव रभारत बिहारको हनुमाननगरका ३२ बर्षिय सेराज आलम पक्राउ परेका हुन् ।

गाँजा सहित पक्राउ परेका पाचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

 

Related posts

कालिकामाइका विधालय र सामुदायिक भवन परिसरमा वृक्षारोपण

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

बार्षिक उत्सवमा रेडियो वीरगन्जले मंसिर २४ गते रक्तदान कार्यक्रम गर्ने

Leave a Comment