Shere Parsa
राजनीति हेडलाइन

२८ वर्ष काँग्रेसको राजनीति गरेका वीरगन्जका नेता साह जसपा प्रवेश

 

मधेसखबर
वीरगन्ज,१० कार्तिक : विगत २८ वर्ष देखि नेपाली काँग्रेसको सकृय राजनीति गर्दै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह , जसपमा प्रवेश गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह काँग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन् । काँग्रेसका कृयाशील सदस्य समेत रहेका साह , बिहीबार जसपामा प्रवेश गरेका हुन् । बिहीबार एक अनौपचारिक कार्यक्रममा पूर्वमन्त्री यादवले साहलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।

काँग्रेस विपीको सिद्धान्त र विचारबाट विचलित भएको तथा काँग्रेसका नेताहरु पनि पार्टीको नीति , विचार र सिद्धान्त बिर्सिएर व्याक्तिगत स्वार्थमा लिप्त भएकाले त्यस्तो पार्टीमा बस्न नसक्ने ठहर गर्दै आफुले काँग्रेस परित्याग गरेको साहले बताए ।

अहिलेको परिवेशमा मधेस र मधेसीको हकहितमा लड्ने एक मात्र पार्टी जसपा नै भएकोले आफुले जसपा रोजेको उनले बताए ।

Related posts

पर्सामा पाटे बाघ मृत अवस्थामा फेला

फरमुल्लाह ,आरजु र विमलेन्द्र समानुपातिक तर्फको उम्मेदवार

महानगरमा छड्के अनुगमन गर्दै मेयर सिंहले लापरवाही गर्ने कर्मचारीलाई दिए चेतावनी

Leave a Comment