Shere Parsa
समाज हेडलाइन

दाइजोमा कार नदिएकै कारण पिंकीलाइ पापीहरुले मारे

मृतक पिंकीकी दिदी सपना (बाँया) र मृतक पिंकीको फोटो (दायाँ )

मधेसखबर
वीरगन्ज,०७ असोजः  पति ,ससुरा र सासुको कुटपिटबाट मारिएकी पिंकी कुर्मीकी दिदी सपना गुप्ता भन्छिन् ,‘ विहेमा ४० लाख नगद र १० तोला सुन दिएकै थियौ तर पछि फेरि कार माग्न थाले , त्यहि कार दिन नसक्दा मेरी बहिनीलाइ कुटी कुटी मारे ।

चितवनको भरतपुर महानगरपालिका १ की पिंकीको विहे बाराको कलैया उपमहानगर १ मोतीबागका दिपेन्द्र कुर्मीसंग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसंग नै भएको थियो । विहेका बेला दाइजोमा माइतीले ४० लाख नगद र १० तोला सुन पनि दियो ।

तर विहे भएको ८/१० महिना नबित्दै दिपेन्द्रले कार पनि चाहियो भन्दै पत्नि पिंकीलाइ तनाव दिन थाले । तर पिंकीले माइतीले कार दिन सक्ने हैसियत नभएको भन्दै पतिको प्रस्तावलाइ टार्दै आइन् । त्यसपछि पिंकीले जब पहिलो सन्तानका रुपमा छोरी साँचीलाइ जन्म दिइन् त्यसपछि परिवारका सदस्यले त्यसको निहुमा झन धेरै मानसिक र शारिरिक यातना दिन शुरु गरे ।

एकातरि दाइजोमा कारको माग अनि अर्को तिर छोरी जन्माएको निहुमा यातना थपिदै गएपछि आजित पिंकीले घरमै एक पटक आत्महत्याको प्रयास पनि गरिन् । तर छिमेकीले बेलैमा थाहा पाएर उनको सकुशल उद्धार गरे । त्यति हुदा समेत परिवारका सदस्यबाट यातना दिने क्रम रोकिएन ।

पति, सासु र ससुराको कुटपिटबाट गम्भिर घाइते भएकी पिंकीको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारमा यहि असोज २ गते मृत्यु भएको दाइ मनिष बताउछन् ।
मृतक पिंकीकी दिदी सपना भन्छिन् ,‘ दाइजोमा कार नदिएको र छोरी पाएकै निहुमा मेरी बहिनीलाइ पापीहरुले १२ वर्ष देखि यातना दिएर मारे , हत्याको मुख्य कारण भनेकै दाइजोमा कार नदिएको हो , अनि छोरी किन जन्माइस् भन्ने निहु पनि हो ।

 

मृतक पिंकी कुर्मीका दाइ मनिष कुर्मी र दिदी सपना गुप्ता

मृतक पिंकीका दाइ मनिष भन्छन्,‘ परिवारको एक्लो छोरो , त्यसमा पनि बैंक जागिरे भएकाले बहिनीले सुख पाउछे भनेर मागे जति दाइजो दिएर विहे गरिदियौ तर मेरी बहिनीले विहे भए देखि नै कहिले सुखको सास फेर्न पाइन , दाइजोको लोभी ज्वाँइ दिपेन्द्र र पापी बाउआमाले १२ वर्ष सम्म यातना दिइरहे , अन्तमा कुटेर हत्या गरे ।
मृतक पिंकीका पति दिपेन्द्र पिंकीको हत्या आरोपमा अहिले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन् । उनि वीरगन्ज स्थित एसबीआइ बैंकको शाखा प्रबन्धक पनि हुन् ।

बैंकमा पद स्तरोन्नत्ती भएपछि ज्वाँइ दिपेन्द्रले माइतीबाटट कार माग्न पत्नि पिंकीलाइ दबाब दिन थालेको तर आफुहरुले कार दिन नसक्ने हैसियत नभएको भनेर जवाफ दिएपछि बहिनी पिंकी मााथि कुटपिट गर्दै यातना दिन थालिएको दिदी सपना बताउछिन् ।

दाइ मनिषका अनुसार , कुटपिटबाट सिकिस्त भएपछि गत भदौ २७ गते उपचारका लागि ज्वाइ दिपेन्द्र सहितकाले वीरगन्जको एडभान्स हस्पिटलमा लगेका थिए । तर त्यहा उपचार सम्भव नभएपछि दिपेन्द्रले पिंकीको माइतीमा खबर गरेका थिए । त्यसपछि पिंकीलाइ उपचारका लागि भदौं २८ गते चितवन मेडिकल कलेजमा लगेर भर्ना गरियो ।
टाँउकोमा रगत जमेको भन्दै डाक्टरले शल्यकृया पनि गरे । तर अवस्था झनै बिग्रीएपछि पिंकीलाइ काठमाण्डौको मेडिसिटी अस्पताालमा लगेर भर्ना गरियो । जहा उपचारका क्रममा असोज २ मा पिंकीको मृत्यु भयो । पाटन अस्पतालमा गरिएको शवको पोस्टमार्टम रिपोर्ट देखाउदै दाइ मनिष भन्छन्,‘ पोष्टमार्टम रिपोर्टमा पिंकीको टाँउकोमा गह्रुङ्गो वस्तुले हानेका कारण १०÷१५ दिन पहिले देखि मस्तिष्कमा रगत जमेको र त्यहि कारण मृत्यु भएको भनेर डाक्टरले लेखेका छन् ।
पोष्टमार्टम रिपोर्टले नै निर्घात कुटपिट गरिएकै कारण पिंकीको मृत्यु भएको पुष्टि भएको दाइ मनिष बताउछन् ।
मनिषका अनुसार , पाटन अस्पतालले पोष्टमार्टमको रिपोर्ट दिए लगत्तै त्यहिबाट प्रहरीले आरोपित बहिनी ज्वाँइ मनिषलाइ नियन्त्रणमा लिएर हिरासतमा राखेको र अहिले जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ ।
बहिनी पिंकीको हत्यामा प्रत्यक्ष संलग्न रहेको भन्दै दाइ मनिषले पिंकीका पति दिपेन्द्र , ससुरा मुरारी प्रसाद जयसवार , सासु मन्तुरा देवी , काका ससुरा जगत प्रसाद जयसवार गरि ४ जना विरुद्ध कर्तव्य ज्यान मुद्धामा असोज ४ गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका छन् ।

जस मध्ये दिपेन्द्र पहिले नै पक्राउ परि प्रहरी हिरासतमा छन् भने अरु तीन जना आरोपितलाइ प्रहरीले अहिले सम्म पनि पक्राउ नगरेको दाइ मनिष गुनासो गर्छन् ।
असोज ४ मा जोहरी दिन जादा जिल्ला प्रहरी कार्यालयमै आरोपितका निकटका मानिस र केहि नेताले धम्क्याउदै अवरोध समेत गरेको दाइ मनिष बताउछन् । उनी भन्छन्,‘ जाहेरी दर्ता गराउन प्रहरी कार्यालयमा जादा हामीलाइ निक्कै धम्क्याइयो तर हामीले त्यसको परवाह गरेनौ मुद्धा दर्ता गरायौ ।

पिंकीकी छिमेकी समेत रहेकी कलैयाकी महिला अधिकारकर्मी सरस्वती खनाल पनि परिवारका सदस्यहरुको यातनाकै पिंकीको हत्या भएको दाबी गर्छिन् । उनि भन्छिन् ,‘ पिंकीको घरसंगै मेरो पनि घर छ , विहे भएर आए देखि नै पिंकीलाइ परिवारबाट यातना दिन थालिएको थियो , उसको घरमा सधैं कोलाहल हुन्थ्यो,विचरा पिंकीले कहिले पनि परिवारकोे माया र साथ पाइन ।
पिंकीको पिडा दखेर उसलाइ सान्तवना दिन घरमा जादा समेत उसका सासु ससुराले उल्टै धम्क्याउने गरेको उनि बताउछन् ।
घरेलु हिंसाबाट पिडित पिंकीले यसअघि प्रहरी , प्रशासन र अदालतमा पटक पटटक न्यायका लागि गुहार पनि लगाएको तर न्याय पाउन नसकेको उनी बताउछिन् । खनाल भन्छिन् ,‘ एक पटक त म आफै अदालतमा पिंकीको पक्षमा साक्षी बनेर बयान दिएकोे थिए , म साक्षी बन्दा पनि मलाइ उसका परिवारका सदस्यले धम्क्याए तर मैले त्यसको परवाह गरिन ।
खनाल भन्छिन्,‘ पिंकीलाइ यातना दिएरै मारिएको हो , त्यसैले समाजमा रहेका यस्ता अपराधी र पापीहरुलाइ कानुनले सजाय दिनै पर्छ नत्र हरेक दिन पिंकीहरु यसरी नै मारिन्छन् ।

बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले भने यो घटनाको अनुसन्धान र कारबाही प्रकृयामा प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने बताए ।
बोगटीले भने ,‘ आरोपित मध्येका १ जना प्रहरी हिरासतमै छन् , बाँकी ३ जना कृयामा बसेका कारण नियन्त्रणमा लिन नमिलेको हो , हिरासतमा रहेका व्याक्तिको बयान पनि लिइरहेका छौं , उसको बयानबाट पनि थप कुराहरु खुल्न सक्छ ।
प्रहरी उपरिक्षक बोगटीले मृतक पिंकी पहिले देखि नै घरेलु हिंसाबाट पिडित भएको उजुरी प्रहरीमा परेकोले ती सबै फाइलहरुका बारेमा पनि अनुसन्धान भइरहेको बताए ।
उनले भने ,‘ यो घटनामा प्रहरीको तर्फबाट गरिनु पर्ने अनुसन्धान हामीले एकदमै संवेदनशील भएर गरिरहेका छौ , त्यसैले प्रहरीको भुमीकामा कसैले कुनै शंका नगरे हुन्छ ।

 

Related posts

वीरगन्जबाट मूर्ती सेलाउन गएको जिप दुर्घटना : १ को मृत्यु , ६ घाइते

पर्सामा काँग्रेसका उम्मेदवारलाइ जिताउन सकृयताका साथ लाग्ने प्रेस युनियनको प्रतिबद्धता

बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइदै

Leave a Comment