Shere Parsa
समाज हेडलाइन

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

मधेसखबर
असोज २१ गते ,वीरगञ्ज: वीरगन्जमा ५० रुपैयामै पेटभरि खाना खुवाउने सेवामुलक होटल सन्चालनमा आएको एक वर्ष भन्दा बढी भएको छ ।

वीरगंजको मुर्ली स्थित ५० रुपैयामा भरपेट भोजन उपलब्ध गराउने उदेश्यले गत २०७८ साउन ३१ गतेबाट सुरु भएको भोजनालय निरन्तर सेवामा लागिरहेको छ ।

गैर सरकारी संस्था सानो पाईलाले भरपेट भोजनालय नामक होटल नै सन्चालनमा ल्याएर सेवा मुलक कार्य निरन्तर गरीरहेको छ ।
सेवामुलक उदेश्य राखेर सन्चालनमा ल्याइएको भरपेट भोजनालयमा ५० रुपैया मात्र तिरेर भात ,दाल , तरकारी र अचार भरपेट खान सकिन्छ ।

खासगरी वीरगन्ज शहरमा दिनहँु श्रम गरेर जिविकोपार्जन गर्दै आएका कामदार र मजदुर वर्गलाई र अध्ययनका लागि वीरगन्ज बाहिरबाट आएर बसेका विद्यार्थीहरु पनि यसबाट लाभान्वित भईरहेका छन् ।

सस्तो र सुलभ मुल्यमा स्वस्थ र पौष्टिक खाना उपलब्ध गराउने उद्देश्यले भरपेट भोजनालय सन्चालनमा ल्याइएको संस्थाले जनाएको छ । खाना खान आउनेहरुले पनि मजदुरी गरेर कमाएको पैसा बच्नुका साथै सस्तोमै स्वस्थ खाना पाईरहेकोले खुशी छन् ।


स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले भोजनालय सुरु गरीएको र यो अभियान एक वर्ष देखी निरन्तर रुपमा संचालनमा रहेको भन्दै संस्थाका युवाहरु पनि खुसी भएको बताउँछन् ।

कम पैसामा स्वस्थकर खाना खुवाउने अभिप्रायले ‘भरपेट भोजनालय’ को संचालन गरीएको र यसले बढ्दो गरिवी र अनियन्त्रित महंगीको मारमा पर्दै आएका जनतालाई न्यून मूल्यमा सफा, स्वच्छ र स्वादिष्ट खाना पेटभरी ख्वाउन पाउने सेवा मुलक उद्देश्य पनि पुरा भईरहेको संस्थाका युवा जय साहले बताए ।

संस्थाका युवाहरुले कोरोना संक्रमणको पहिलो लहरमा पनि गरी वीरगन्ज लगायत विभिन्न सहरमा ‘फिडिङ नेपाल क्याम्पियन’ नै संचालन गरी करीब १ लाख ५० हजार जनालाई निःशुल्क खाना खुवाएका थिए ।

सञ्चालन गरेको उतm क्याम्पियनको विस्तारित स्वरूप नै भरपेट भोजनालय रहेको उनीहरु बताउँछन् । अब विपन्न वर्गहरूले भोजनमा न्यून खर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम आफ्ना बालबालिका , परिवारका शिक्षा र स्वास्थ्यमा खर्चि गरुन् भन्ने उद्देश्यलेमा पनि सफल भएको संस्थाका अर्का युवा ंतथा सामुदायिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले भने।

विशेषगरी वीरगन्ज महानगर भित्र दैनिक श्रम गरेर खाने कामदार वर्गलाई लक्षित गरेर संचालन गरीएको भरपेट भोजनालयमा आएर , खाएर फर्किने क्रममा राती भोजनालयमै भेटीएका एक जना रिक्सा चालक राम अषिश महराले भोजनालयमा घरको जस्तै स्वाद भएको विभिन्न थरीका तरकारी अचार सबै ५० रुपैयामै पाईने र साथै सफा र स्वस्थ खाना भएकोले पैसा बचत संगै स्वास्थ्यलाई पनि ध्यान दिन सकिएको प्रतीक्रिया दिए । उनले भरपेट भोजनालय हामी जस्ता आर्थिक अवस्था कमजोर भएका दैनिक ज्यालादारीका मानिसहरुका लागि वरदान जस्तै भएको बताए ।

सुरुमा विभिन्न दाताबाट सुरु गरीएको भोजनालयमा खाना खान आउने व्यतिmहरुसंग खाना वापत लिने गरीएको शुल्क ५० नै जम्मा गरी दिनहुँ भोजनालय संचालन गरीएको र थपघट हुने अवस्थाहरु आफुहरुले व्यतिmगत तवरबाट पनि व्यस्वथापन गर्दै आएको संस्थाका जय साहले बताउँदै हाल रामअषिश महराले जस्ता ज्यलादारी मजदुरी गरेर खाने दैनिक करिब ३ सय ५० जना गरी भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी छाक खाना वितरण भएको सानो पाइलाले जनाउँदै १ वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख ९ हजार ८ सय १६ रुपैंया र खर्च ५९ लाख ६ हजार ९ सय ६२ रुपैया रहेको बताए ।

जस अनुसार कुल २० लाख ९७ हजार १ सय ४६ रुपैंयाको घाटामा भोजनालय सञ्चालन भएको सानो पाइलाका कंचन झाले जानकारी दिनुभयो । ५० रुपैयामा विक्री हुँदै आएको खाना बनाउन प्रति प्लेट नै ७७.५५ रुपैया पर्ने गरेको जनाइएको छ ।

खाना खान दिनहु आउने गरेको बताउँदै अर्का मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएकी मीना देवीले भनिन् ,‘म जस्ता दैनिक रुपमा सयौं श्रमजीवी मजदुरको लागि ‘भरपेट’ भोजनालय बरदान जस्तै भएको छ । जहाँ एक कप चिया खान वा हल्का खाजा पनि खान होटलहरुमा महँगो पर्ने गर्छ त्यहा ५० रुपैया अघाउने गरी स्वस्थ र स्वादिष्ट खाना खान पाएका छौँ । ’

रिक्साचालक, ठेलाचालक, दैनिक ज्यालादारीमा कार्य गर्ने, श्रमजिवी मजदुर तथा विधार्थीहरु लगायतको बिहान र बेलुकीको छाक टार्न भरपेटले भरपुर मदत गरेको उनीहरुको भनाई छ ।

बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिने उद्देश्यले संचालन गरीएको यो खाना ख्वाउने अभियानमा हाल करीब ६ जना ब्यक्तीहरुलाई भोजनालयमा रोजगारी समेत दिई भोजनालय व्यवस्थापन गरीराखेको र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पौस्टिक खानामा समेत जोड दिईएको सस्ंथाका कंचन झाले बताए।

गुणस्तरीय खाना खुवाउने उद्देश्यले अभियानकै रुपमा मानवीय सेवाभावले सुरू गरिएको भोजनालयबाट विपद्का बेला आगामी दिनमा निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत संस्थाका युवाहरुले व्यक्त गरेका छन् ।

भोजन गर्न आउनेहरुको सन्तुष्टि नै आफुहरुको लागि महत्वपूर्ण पाटो भएकोले दैनिक रुपमा मेहनत मजदुरी गर्ने मजदुरहरुको खान्की अनुसार हरेकलाई अघाउन्जेल आफूहरूले भोजन खुवाउने गरेको भोजनालयका व्यवस्थापक भाजु पटेलले बताए ।

भोजनालय सञ्चालनका लागि वीरगंज स्थित मुर्लीको मेनरोडमै रहेको एउटा भवन भाडामा लिइएर वर्षको लाखौ घाटा भएर पनि सञ्चालन भइरहेको भोजनालयबाट लाभान्वित हुनेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको अवस्थामा सबै तिरबाट साथ र सहयोगको अपेक्षा आफुहरुले लिएको संस्थाका झाले बताए ।

Related posts

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

गठबन्धनको आधिकारीक उम्मेदवार म नै हो : काँग्रेस नेता क्षेत्री

बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत

Leave a Comment