Shere Parsa
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा पनि नेवार समुदायले मनाए नेपाल संवत् ११४३

मधेसखबर
वीरगन्ज,०९ कार्तिक : नेवार समुदायले नयाँ बर्षका रुपमा बनाउने नेपाल संवत् ११४३ को अवसरमा बुधबार वीरगन्जमा बाजगा र झाँकी सहितको प्रभातफेरि निकालिएको छ ।

वीरगन्जको अलखियामठ स्थित बाल उद्यान पार्क परिसरबाट नेवाः दय् दबू पर्साको अगुवाइमा निकालिएको प्रभातफेरी आदर्शनगर, माइस्थान, घण्टाघर मिनाबजार, ६ नम्बर गेट, गणेशमान चोक हुदै बिर्ता स्थित नेपाल संवतको शुरुवात गर्ने राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक निर पुगेर सकिएको थियो ।

विभिन्न जाति र समुदायका अगुवाहरुको पनि सहभागीता रहेको प्रभातफेरिममा नेवार समुदायका बालबालिका , युवायुवती , महिला , पुरुषहरु आफनो जाति र समुदायको पहिचान झल्कने भेषभुषा र पोशाक लगाएर सहभागी भएका थिए ।

नेवाः दय् दबू पर्साका अध्यक्ष प्राण राजपतिको अध्यक्षतामा निकालिएको प्रभातफेरीकै क्रममा वीरगन्जका विभिन्न चोकमा रहेका शहिदहरुका शालिकमा माल्यार्पण समेत गरिएको थियो ।

प्रभातफेरीमा पूर्वमन्त्री प्रदीप यादव , मधेस प्रदेसका मुख्यमन्त्री मोहमद लालबाबु राउत , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, वीरगन्जका वडाअध्यक्षहरु हिराकाजी श्रेष्ठ र जगत साह कानु , नेता अजय द्विवेदी ,मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता लगायतको पनि सहभागीता थियो ।

बुधबार नै अपरान्ह ४ बजे वीरगन्जको माइस्थान मन्दिर अगाडीको पार्कमा मः पूजा समेत आयोजना गरिने कार्यक्रम संयोजक रुपेश मानन्धरले जानकारी दिए ।

Related posts

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

पर्साका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (चार वटै क्षेत्रको सुची)

देशभरी नै सत्ता गठबन्धनको लहर छ , फेरि पनि सरकार गठबन्धनकै बन्छ : श्रेष्ठ र सोनल

Leave a Comment