मधेसखबर
वीरगन्ज,०९ कार्तिक : छठपूजामा आकर्षक सजावटका लागि नेपालमै सबै भन्दा बढि चर्चामा रहदै आएको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तिब्र गतिमा भइरहेको छ ।
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार , विगतका बर्षको भन्दा पनि यस बर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ ।छठघाटको सरसफाइ , सजावट र व्यवस्थापनमा यसपालि करिब १७ लाख भन्दा बढि खर्च हुने अनुमान रहेको समितिका अध्यक्ष हिरा साह कानुले बताए । उनका अनुसार , छठघाट व्यवस्थापन र सजवाटको काम तिब्र गतिमा भइरहेको छ ।
व्यवस्थापन र तयारीकै सन्दर्भमा बु्धबार बसेको समितिको बैठकले छठ पूजाका दिन छठघाटमा ब्रतालु ,दर्शनार्थी र भक्तजनहरुको सहजता र सुरक्षाका बारेमा छलफल गर्न बिहीबार सुरक्षा निकायका प्रमुखहरुको बैठक बस्ने निर्णय गरेको छ । यस्तै शुक्रबारका बिहान ७.३० बजे घडीअर्वा स्पोर्ट क्लबको आयोजनामै छठघाट परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय पनि गरिएको समितिका उपाध्यक्ष दिलिप साह कानुले जानकारी दिए ।
यस्तै छठघाटको व्यवस्थापन बारे जानकारी गराउन शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजन गर्ने निर्णय पनि गरिएको उपाध्यक्ष कानुले बताए ।बुधबारको बैठकमा अध्यक्ष कानु , उपाध्यक्ष कानु , सचिव सन्तोष गुप्ता , सहसचिव मुन्ना साह , कोषाध्यक्ष तिलक साह कानु , वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु , समितिका पूर्व अध्यक्ष प्रेम साह कानु , स्थानीय अगुवा सोनालाल साह कानु , शम्भु साह कानु , दिपक साह , मनोहर साह , सन्तोष कानु लगायतको पनि सहभागीता थियो ।