मधेसखबर
वीरगन्ज, १८ कार्तिक : बारा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनले शुक्रबार देखि चुनावी प्रचार प्रसारलाई थप आक्रमक बनाएको छ ।
गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र बारा ४ (ख) मा प्रदेशसभा सदस्यका लोसपा उम्मेदवार जितेन्द्र सोनलले घरदैलो , अगुवा नेता कार्यकर्ता र मतदाता भेटघाट र रात्रीसभा गर्दै चुनावी प्रचार प्रसारलाई तिब्र पारेका हुन् ।
यसैक्रममा दुवै उम्मेदवारले शुक्रबार बेलुकी फेटा गाँपालिकाको वडा नम्बर १ को त्रिवेणी टोलमा रात्रीसभा गरेका छन् । रात्रीसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार श्रेष्ठले देशभरी नै गठबन्धन पक्षमा जनलहर रहेकाले आगामी निर्वाचनबाट फेरि गठबन्धनकै सरकार बन्ने ठोकुवा गरे । उनले बारा ४ मा पनि आफुहरु प्रति जनसमर्थन दिनहु बढ्दै गइरहेको र पाँच दली?य गठबन्धनले नै नागरिकता लगायत मधेसका बाँकी मुद्धाहरु सम्बोधन गर्ने भएकाले कुनै दुविधामा नपरि गठबन्धनलाई नै मत दिन मतदातासंग आग्रह गरे ।
यस्तै रात्रीसभालाई सम्बोधन गर्दै बारा ४ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले आफुलाई मधेसको मसिहा भनाउदो दलले केहि सिट बढि पाउने लोभमा मधेस विरोधी एमालेको काखमा गएर लुटपिटएकाले मधेसी जनता माझ उसको चरित्र उदाङ्गीएको बताए । उनले भने ,‘ जब जब सत्ताको अवसर आयो तब तब जसपाले मधेसको मुद्धा बिर्सिएर सत्ताको साझेदार बनेको छ , यसपालिको चुनाव मापनि उसले आफनो असली रुप देखाएर मधेस विरोधी एमालेसंगै साँठगाँठ गरेको छ ।
नागरिकता विधेयक एमालेकै इशारा र निर्देशनामा राष्ट्रपतिले प्रमाणीकरण नगरेको छर्लङग रहेको बताउदै सोनलले भने ,‘ त्यहि मधेस विरोधी एमालेको हितैषी अहिले जसपा बनेको छ , अब उसका उम्मेदवार कुन मुख लिएर मधेसीसंग भोट माग्न आउदैछन् ? जनताले यो प्रश्न जसपाका उम्मेदवारसंग गरिरहेका छन् ।
रात्रीसभामा लोसपा , नेकपा एस , काँग्रेस, माओवादी केन्द्रका नेता कार्यकर्ताले पनि सम्बोधन गरेका थिए ।