Shere Parsa
राजनीति

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

फाइल फोटो

मधेसखबर
वीरगन्ज,०९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ को (ख) मा प्रदेशसभा सदस्यका लागि लौरो चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले मधेस प्रदेश सरकारले गरेका भ्रष्टचार विरुद्ध आफनो उम्मेदवारी भएको बताएका छन् ।

वीरगन्जमा अर्थ न्युज टेलिभिजनले आयोजना गरेको चुनावी चर्चा कार्यक्रममा बोल्दै सर्राफले भने ,‘ मेरो उम्मेदवारी भ्रष्टचारको विरुद्ध हो , राजनीतिमा युवाको हस्तक्षेपका लागि पनि हो । उनले यसअघि चुनाव जितेर मुख्यमन्त्री बनेका लालबाबु राउतको क्षेत्रमा मतदाताले नयाँ अनुहार पनि खोजेकाले आफु राउत विरुद्ध चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।

उनले मधेस प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यमान माफिया तन्त्रको जालो तोड्न पनि आफनो उम्मेदवारी भएको बताए ।
कृषिमा आधुनिकिकरण गरेर युवालाइ आकर्षित गरि कृषि क्रान्ति ल्याउन सकिने भएकाले आफनो चुनावी एजेण्डमा कृषि र किसानको समृद्धि पनि भएको उनले बताए ।

उनले तराइ मधेसमा ओझेलमा परेका धार्मिक र पर्यटकीय स्थलहरुको पहिचान गरि ती स्थलको संरक्षण र संबद्र्धन गरेर तराई टुरिजमको विकास गर्ने आफनो योजना रहेको सुनाउदै यस बारेमा आफुले काम गरिरहेको पनि बताए ।उनले भने ,‘ त्यसका लागि नीति निर्माण तहमा इमान्दार नेता पुग्न जरुरी छ तर अहिले सम्म त्यहा नेताहरुको चाकरी र दलाली गर्नेहरु मात्र पुगे जसका कारण उपलब्धि शुन्य छ ।

सर्राफले नेपालको राजनीतिमा विद्यमान दलिय सिण्डिगेट तोड्नकै लागि पनि आफु स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले भने ,‘ यस क्षेत्रका मतदाताले पनि अब नेताको भाषण सुनेर होइन , नेता वा उम्मेदवारले गरेको कामको आधारमा मतदान गर्नु पर्छ भन्ने सोच बनाइसकेका छन् , यसपालिका जनता परिवर्तनको पक्षमा छन् ।उक्त कार्यक्रममा स्वतन्त्र उम्मेदवार शशीकपुर मियाँ र सुधिर पटेल पनि सहभागी थिए ।

Related posts

शिक्षामा सबैको समान पहुच पुर्याउन प्रतिबद्ध छु: जसपा उम्मेदवार मधु गुप्ता

पर्सा क्षेत्र २ का उम्मेदवार चोरसिया र कुर्मीद्वारा चुनावी प्रचार प्रसार जारी

जेलमा रहेका अफताब आलमलाइ काँग्रेसले उम्मेदवार बनाउदैन : गगन थापा

Leave a Comment