मधेसखबर
वीरगन्ज, ०९ कार्तिक : तिहार अर्थात दिपावली सकिएसंगै तराइ मधेसमा छठ पर्बको तयारी र चहलपहल शुरु भएको छ ।
कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा शुरु हुने छठ पर्ब सप्तमी तिथीका दिन बिहान सम्म गरि चार दिन मनाइन्छ ।तराइ मधेसमा बस्ने भोजपुरी र मैथीली भाषि हिन्दुको प्रमुख पर्ब नै छठ पूजा हो ।यसपाली छठ पूजा कात्तिक १३ गते परेको छ । तर विधवित रुपमा भने शुक्रबार देखि नै छठ पर्ब शुरु हुनेछ ।
दिपावली सकिएसंगै तराइ मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाडाँवर्तन कपडालत्ता इत्यादिको किनमेल शुरु भइसकेको छ । यस्तै नदि , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ ।
दिपावली सकिए लगत्तै चार दिन पछि नै छठ शुरु हुने हुदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री , बस्त्र , फलफुल , तेल , मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिले देखि नै ग्राहकहरुको भिडभाड देखिएको छ ।
छठपूजामा छठी मातालाइ चढाइने मुख्य प्रसाद ठेकुवा हो । जुन गहुको शुद्ध पिठोमा गुण (भेली) र चीनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाइ अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा , सुन्तला , पानी सहितको नरिवाल , उखु , हरियो बोडी , पानी सिङगडा , गागल, मुला , अदुवाको बोट लगायतका फलफुल र हरियो तरकारीहरु हुन् । पूजन सामाग्री , प्रसाद र फलफुलहरु बाँसको चोयाबाट बनाइएका छैटा , दउरा (टोकरी), नाङ्लो र सुपलीमा राखेर छठी माता र सूर्य भगवानलाई अर्घ दिने गरिन्छ ।
छठ आउनु भन्दा एक दुइ दिन पहिल्यै सामान किनेर राख्यो भने केहि सस्तो पनि पर्छ , वीरगन्जको घण्टाघर छेउको सडकमै थापिएको पसलमा छैटा किन्दै गरेको अवस्थामा भेटिएकी इटियाहीकी सुरजी देवीले भनिन् ,‘ अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुदैन , पूजाकै अरु काममा समय दिन पाइन्छ ।
छठ पर्ब मनाउने घरपरिवारका सबै सदस्यले नयाँ लुगा कपडा लगाउने प्रचलन रहेकाले बजारको रेडिमेड कपडा पसल र डिपार्टमेन्ट स्टलहरुमा पनि ग्राहकहरुको चाप अत्याधिक बढेको छ ।
वीरगन्जमा दशैंको भन्दा छठमा कारोबारमा राम्रो हुन्छ , वीरगन्जको माइस्थानमा रहेको सुमित फेन्सीका सन्चालक सुरज साहले भने ,‘ दशैंमा व्यपार त्यति राम्रो भएन तर दिवाली सकिएलगत्तै भने व्यपार बढेको छ ।
छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथीका दिन साँझ अस्ताउदो सुर्य र सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ (पुजआरधना ) दिने स्थल छठीघाट (नदि , पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ ।
पछिल्लो एक दशक यता छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ । छठ पूजा मनाउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी , रानीघाटको सिर्सिया नदि , छपकैया पोखरी , स्वीमीङ पुल , नगवा पोखरी , मुर्ली पोखरी , पिपरा , रामगढवा , सिर्सिया , अलौं लगायतका स्थानमा रहेका जलाशयहरुलाइ छठीघाटको रुपमा सजाउने काम शुरु भइसकेको छ ।
आकर्षक टेण्ट ,पण्डाल र झिलीमली बत्ती लगाएर छठीघाट सजवाटका लागि मात्रै स्थानीय स्तरमा गठन गरिएका छठ पूजा व्यवस्थापन समितिहरुले लाखौ रुपैया खर्च गर्दै आएका छन् ।
आकर्षक सजवाटका लागि डेढ दशक यता देखि देशभरमै छठपूजाका लागि चर्चित बनेको वीरगन्जको घडीअर्वा पोखरी स्थित छठघाट सजवाटमा मात्रै छठपूजा व्यवस्थापन समितिले यसपाली १७ लाख रुपैया भन्दा बढि रकम खर्च गर्दैछ । पोखरी परिसरको छठघाटलाइ भारतको कोलकत्ताबाट बोलाइएका टेण्ट पण्डाल लगाउने कामदारहरुले दुइ हप्ता देखि सजावटको काम गरिरहेका छन् ।
यस्तै पोखरीको जलाशय बिचमा रहेको सुर्य भगवानको मन्दिर र जलाशयको भाग माथि रङगी बिरङगी बिजलीबत्ती झुण्डाइएको छ ।
्दशैंको टिका सकिए लगत्तै छठघाटको सरसफाइ र सजावटको काम शुरु गरेका हौं , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष हिरा साह कानुले भने ,‘ अबको एक दुइ दिनमा सजावटको काम सकिन्छ , यसपाली सरसफाइ सजवाटमा मात्रै करिब १७ लाख रुपैया खर्च लाग्ने अनुमान गरेका छौं ।छठका दिन यहाको छठघाटको आकर्षक सजावट हेर्न पर्साको शहरी भेगका मात्र नभइ ग्रामीण भेगका साथै छिमेकी जिल्ल बारा , रौतहट , मकवानपुर , चितवन तथा भारतको सीमावर्ती शहरहरुबाट पनि दर्शनार्थीहरु आउने गरेको उनले बताए ।