Shere Parsa
राजनीति हेडलाइन

प्रदीप यादव भन्छन् : भाषण होइन काम गर्नु पर्छ जनताले अवश्य जिताउछन्

मधेसखबर
वीरगन्ज, ०९ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा बुधबार जनता समाजवादी पार्टी (जसपा) को अगुवा कार्यकर्ताै भेला सम्पन्न भएको छ ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजित अगुवा कार्यकर्ता भेलामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पनि विशेष उपस्थिती रहेको थियो ।

भेलामा सहभागी जसपाका अगुवा नेता कार्यकर्ताहरुले जसपाका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आफुहरु एकजुट भएर लागि सकेको बताए । उनिहरुले पर्सा १ मा अन्य दलका उम्मेदवार भन्दा जसपाका दुवै उम्मेदवार जनता माझ लोकप्रिय छवि बनाएका भएकाले जनताले पनि यसपालि फेरि जसपालाई नै मत दिने प्रतिक्रिया दिइरहेको पाइएको बताए ।

निवर्तमान सांसद एंव पूर्ब मन्त्री यादवले गरेका काम र जनताको सुखदुखमा साथ दिदै आएका कारण पर्सा १ मा जसपाको लोकप्रियता बढ्दो क्रममा रहेको अगुवा नेता कार्यकर्ताहरुको भनाई थियो ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नरहने गरि चुनावी प्रचारमा लाग्न अगुुवा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले वीरगन्ज महानगरपालिका वडा नम्बर २ का जनताको समस्या र विकास निर्माणसंग सम्बन्धित कामहरु के के छन् ? त्यस बारे आफुलाइ जानकारी गराउन आग्रह गर्दै ती कामहरु आफुले पुरा गर्ने वाचा पनि गरे ।

पर्सा १ मा आफुले र मधेस सरकारले गरेका कामहरु बारे मतदातालाई राम्ररी बुझाउन कार्यकर्तालाई आग्रह गर्दै यादवले भने ,‘ हामीले यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जानुस् , जनतालाई बुझाउनुस् , किन कि जनताले नाम होइन कामलाई मन पराउछन् ।
वीरगन्ज २ छपकैयाको कार्यकर्ता भेला सकेर यादव नेवार समुदायले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा आदर्शनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरिक भएका थिए ।
त्यस अवसरमा यादवले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा कार्यक्रममा सहभागीहरुसंग शुभकामना आदान प्रदान गरे ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , मधेस विश्वविधालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य, जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव , प्रकाश अमात्य लगायतको पनि सहभागीता थियो ।

Related posts

आज भाइटिका, उत्तम साइत बिहान ११: ३७ बजे

जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

दसैं लगत्तै वीरगन्जका सरकारी विधालयहरुको सुधारमा लाग्छौ : मेयर सिंह

Leave a Comment